साइबर अपराध सम्बन्धी सचेतना सामग्री

समय अब सङ्लिनु पर्छ

हाम्रा बर्षौं बन्द आँखाहरू आफ्नै पनको सौन्दर्य अनुभव गर्न थालेका छन् अब मौसमले त्यसलाई साथ दिनुपर्छ समय अब सङ्लिनु पर्छ ।

Nepal Telecom ad

समय अब सङ्लिनु पर्छ
धेरै बग्यो धमिलो पानी
धेरै अमिलो भो जिन्दगानी
बेकारमा बिते उर्जा र जवानी
समय अब सङ्लिनु पर्छ ।

तातो बालुवामा उठेका फूलहरू जस्तो
लवस्तरा शब्दहरू जताततै पड्किरहे
बन्दकी खुशीहरू
आशामुखी झ्यालखानामा
जीवन जन्जीरभित्र धेरै रोए
तर धेरै भयो निराशाको हुस्सुभित्र हराएको
मौसम बदलिनुपर्छ
सम्भावनाले गतिलिनु पर्छ
समय अब सङ्लिनु पर्छ ।

अभावलाई बन्दुक बोकाएर
निमुखा मार्ने खेल अब खेल्नुहुन्न
भ्रमलाई सपना बनाएर
यथार्थलाई अकर्मण्यताले छेल्नुहुन्न
सीमाहीन आतङ्क अझै छरपष्ट छ मनभरि
पहिले नै आशंकाले रएल्नु हुन्न
अँधेरा गल्छेंडाहरूमा
बिस्तारै घामलाग्न दिनुपर्छ
समय अब सङ्लिनु पर्छ ।

जस्तोसुकै झुप्रोभित्र बाँचे पनि
जस्तोसुकै पीडाभित्र हाँसे पनि
स्वाभिमानको न्यानो बर्को कसैले एकैक्षण ओढाइदिंदा
हाम्रा बर्षौं बन्द नाकहरू
आफ्नै धरातलको सुगन्ध महसुस गर्न थालेका छन्
हाम्रा बर्षौं बन्द आँखाहरू
आफ्नै पनको सौन्दर्य अनुभव गर्न थालेका छन्
अब मौसमले त्यसलाई साथ दिनुपर्छ
समय अब सङ्लिनु पर्छ ।

०००
गौरादह, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
म अदक्ष अध्यक्ष

म अदक्ष अध्यक्ष

खगेन्द्र नेउपाने
लाेग्ने र गधा

लाेग्ने र गधा

खगेन्द्र नेउपाने
कृत्रिम बाैद्धिकता

कृत्रिम बाैद्धिकता

खगेन्द्र नेउपाने
फेरि एउटा लाेककथा

फेरि एउटा लाेककथा

खगेन्द्र नेउपाने
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
तीर

तीर

खगेन्द्र नेउपाने
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x