साइबर अपराध सम्बन्धी सचेतना सामग्री

टोपी

विश्वविख्यात हिमालमुनि बलिर’ने दियो, अरु केहि हैन प्यारो यै टोपी नै थियो । आज सारा दुनियाँमा बाल्दै मनको बाती, यै टोपीले चिनाउँदा फुल्छ हाम्रो छाती ।

Nepal Telecom ad

टोपी मेरो शीरको शोभा टोपी जिन्दगानी
घामपानी सहि बाँच्ने पुर्खाको निशानी
टोपी नै हो गौरब हाम्रो जस्तो सगरमाथा
युगौं युगदेखि प्यारो साँचेको यो गाथा ।

भूगोलबाट टाढा कतै जानु परे पनि
यो धर्तीको कुनै कुना बसाईं सरे पनि
टोपी नै त बन्छ हाम्रो चिनारीको साथी
टोपी लाउँदा फुक्छ मेरो गर्वसाथ छाती ।

हाम्रो पहाड जस्तै छ यो मेरो शीरको टोपी
दुई हातले उचालेर हिंड्छु शीरमा बोकी
मादलुको घिन्ताङ् सँगै टोपी लगाई नाच्छु
चिनारी नै यै हो मेरो टोपी लगाई बाँच्छु ।

भाइटीकामा लाइदिएको दिदी भाइको माया
उकाली र ओरालीमा बरको शीतल छायाँ
यहि नै हो टोपी मेरो पहराको छाती
टोपी नै हो जन्म मरण जिन्दगीको साथी ।

हाम्रो गीत लैबरीमा यै टोपी हो नाच्ने
यै माटोको सुगन्धमा बर्षौं बर्ष बाँच्ने
सगरदेखि सागरसम्म फैलिएको टोपी
हाम्रो मुटु हाम्रो धड्कन राख्छौं दिलमा छोपी ।

विश्वविख्यात हिमालमुनि बलिर’ने दियो
अरु केहि हैन प्यारो यै टोपी नै थियो
आज सारा दुनियाँमा बाल्दै मनको बाती
यै टोपीले चिनाउँदा फुल्छ हाम्रो छाती ।

सुख दुख मात्रै होइन शीरको शोभा राम्रो
जहाँसुकै जहिलेसुकै चिनारी हो हाम्रो
यसैले त आज यस्को उत्सव मनाउँदैछौं
नेपालीको गौरव गाथा गीत गाउँदैछौं ।

०००
गौरादह, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
तीर

तीर

खगेन्द्र नेउपाने
मजदुर

मजदुर

खगेन्द्र नेउपाने
गह्वर

गह्वर

खगेन्द्र नेउपाने
भेडाकाे सिङ

भेडाकाे सिङ

खगेन्द्र नेउपाने
एउटा मान्छे

एउटा मान्छे

खगेन्द्र नेउपाने
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
0
Would love your thoughts, please comment.x
()
x