साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सरकार मलाई सजिलै बेचिन देऊ

सरकार कति दिन्छौ सास्ती जान देऊ सजिलै पर पर, विदेशतिर सार्न देऊ मेरो गुँड, सरकार मलाई सजिलै सस्तैमा बेचिन देऊ , एक थान राहदानी तिम्रै मूल्यमा सजिलै मिलाई देऊ ! लौ न सरकार मलाई सजिलै बेचिन देऊ !

Nepal Telecom ad

मैले मलाई बिक्रिमा राखेको छु
बेचिन पूजापाठ गरी देवीदेउता भाकेको छु
तिमीसँग एकथान राहदानी मागेको छु
सित्तैमा होइन दाम गोजीमा राखेको छु ।

उहिले बा अस्थायी निस्सा लिन सामल बोकेर
सुत्केरी आमालाई एक्लै छोडेर
बाटोभरी जुता हातमा बोकेर
तिम्रो अड्डानेर गोडामा जुत्ता ठोकेर
ठिङ्ग्रिङ्ग उभिएका थिए रे !
नागिरकता लिन आमा लाइन बस्दा
छाती चुँडाएका थिए रे !

अहिले मलाई दशैंमा राँगो मौलामा कस्नुअघि
फनफनी गाउँघर घुमाए जस्तै
अक्षता फूल चढाए जस्तै
कोठा-कोठा लाइन लगाई उभ्याउने
सकसपूणर् भोगाइ भोगाउने
तिम्रो इ सेवाले फस्टाएका
पसल पसल धाउन लगाउने
मैले पेटको भोक मारेर
बच्चाको माग टारेर
बाको ओखती सारेर
जोगाको पैसा बुझाउन
कति सकस पर्‍यो ?

परिचय पत्र भन्यौ
टोपी खोलायौ
सिन्दुर पुछायौ
पोते खोलायौ
हाम्रा संस्कृति मेटायौ ।

के गरेनौ ?
एस.एल.सी. मा ठ्याक्कै एक बर्ष ठोक्यौ
प्रमाण पत्र तहमा पनि एक बर्ष तोक्यौ
स्नातक स्नातकोत्तरमा एक एक बर्ष रोक्यौ
तिमीले के चाँडो गथ्र्यौ र नतिजा निकाल्न ?
तिम्रो इइ…. सेवाले खेद्नु खेदयो
कति गाह्रो छ फाराम भर्न
युनिकोड भन्यौ रोमनाइज्ड गर्दा आउन्न
ख लेख्न सिफ्ट र के थिच्ने बनायौ
आफै भर्न खोज्दा ट्युसन पढ्न पठायौ
सेवा केन्द्रमा पैसा ठटाउने गरायौ ।

सक्छौ एक थान राहदानी एक महिनामा दिन ?
अँह, सक्दैनौ ? किनकि तिम्रो सेवा इइ…. हो ।
सरकार कति दिन्छौ सास्ती
जान देऊ सजिलै पर पर विदेशतिर
सार्न देऊ मेरो गुँड
सरकार मलाई सजिलै सस्तैमा बेचिन देऊ
एक थान राहदानी तिम्रै मूल्यमा
सजिलै मिलाई देऊ !
लौ न सरकार मलाई सजिलै बेचिन देऊ !!

०००
कैलाली, हाल काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अज्ञानताको विज्ञान

अज्ञानताको विज्ञान

शिवप्रसाद जैशी
गणित पुराण

गणित पुराण

शिवप्रसाद जैशी
म भक्त हुँ

म भक्त हुँ

शिवप्रसाद जैशी
फर्मान प्रेमी

फर्मान प्रेमी

शिवप्रसाद जैशी
निस्सासिएछ हावा

निस्सासिएछ हावा

शिवप्रसाद जैशी
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
0
Would love your thoughts, please comment.x
()
x