साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चमेरा महात्म्य

यौटै हुन्न दया किसानसितको काला ती प्राणीसित विष्टामात्र खसाल्दछन् नजिकमा दुर्गन्धले रञ्जित मिल्ला मिष्ठ फलादि लोक सबमा अग्लेर कैले तरु सिङ्गो बाग दिबालियातिर छिटै लान्छन् चमेराहरू ।

Nepal Telecom ad

कालो रात अपार उत्सव ठुलो मान्छन् चमेराहरू
आभा भाष्करको अघोर अरिझैँ ठान्छन् चमेराहरू
पाकेको फल हड्पिदै फजित नै खान्छन् चमेराहरू
सिङ्गो बाग दिबालियातिर छिटै लान्छन् चमेराहरू ।।१

कालो चील बनेर छोप्छ धरती आएर त्यो रातले
मुर्दातुल्य बनेर सुत्छ दुनियाँ क्वै नीदले, मातले
रातारात हरेक क्षेत्र बनको पार्छन् उछित्तो अरू
सारा बाग दिबालियातिर छिटै लान्छन् चमेराहरू ।।२

गर्छन् काम किसानले दिनदिनै घोटेर हड्डी कति
उब्जाई फल धेर शिल्प श्रमले मेलो मिलाई अति
एकै रात सिकार बाग बन त्यो पार्छन् भुसुक्कै बरु
सिङ्गो बाग दिबालियातिर छिटै लान्छन् चमेराहरू ।।३

खाई तृप्त मनै हुँदैन तिनको छन् हन्तकाली अति
खोजी क्षेत्र नयाँ नयाँ दिन दिनै संहार पार्छन् कति
खानामा त बिँडो अगस्ति ऋषिकै धर्छन् हरे आबरु
सिङ्गो बाग दिबालियातिर छिटै लान्छन् चमेराहरू ।।४

प्यारो बाग बगान जर्जर रुखो पारेर झन् बेसरी
खान्छन् स्वणर् फलै टिपेर बहुतै भण्डार रित्तो गरी
आफन्ती जन धेर झुण्ड बनमा ल्याएर पार्छन् मरु
सिङ्गो बाग दिबालियातिर छिटै लान्छन् चमेराहरू ।।५

यौटै हुन्न दया किसानसितको काला ती प्राणीसित
विष्टामात्र खसाल्दछन् नजिकमा दुर्गन्धले रञ्जित
मिल्ला मिष्ठ फलादि लोक सबमा अग्लेर कैले तरु
सिङ्गो बाग दिबालियातिर छिटै लान्छन् चमेराहरू ।।६

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नाङ्गो नाच म हेर्छु

नाङ्गो नाच म हेर्छु

रामशरण न्याैपाने
वृद्ध वृद्धा सबै …

वृद्ध वृद्धा सबै …

रामशरण न्याैपाने
सबै पाका मान्छे

सबै पाका मान्छे

रामशरण न्याैपाने
लौ न ए आई

लौ न ए आई

रामकृष्ण ढकाल
नेपाली

नेपाली

ईश्वर पाेखरेल
आउँछ साँढे सन्किँदै

आउँछ साँढे सन्किँदै

रणबहादुर बुढाथोकी ‘भैया’
जेन्जी सहिद र मेरो सोझो दिमाग

जेन्जी सहिद र मेरो...

नन्दलाल आचार्य
ढँटुवा बादल

ढँटुवा बादल

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x