साइबर अपराध सम्बन्धी सचेतना सामग्री

त्यो अजीव खेल

कत्तिले त खेलाडीको नुन खाएका थिए अथवा खेलाडी शक्तिसाली थिए जोसँग दर्शक डराएका थिए त्यसैले खेल हेर्न अनि ताली पड्काउन उनीहरू विवश थिए ।

Nepal Telecom ad

जनावरहरूको खेल चलिरहेको थियो
हरियो जर्सीमा सजिएका जनावरहरू
राताहरू बिरुद्ध हाबी भएका थिए ।
दर्शक दिर्घाको हुटिङ्गको गुञ्जन खेल मैदानबाट
दुरदराज सम्म फैलियो ।
त्यहाँ एउटा अलौकिक उमङ्ग थियो ।
तर एकाएक त्यहाँ कसैले नचिताएको
घटना घट्यो ।

हरियो टिमको क्याप्टेनले आत्मघाती गोल गर्‍यो
मैदानमा एकाएक सन्नाटा छायो ।
राताहरू खुशीले उफ्रिन थाले
हरियाहरूको टाउको निहुरियो
“धोकेबाज क्याप्टेनलाइ कारबाही गर !
धोकेबाज क्याप्टेनलाइ कारबाही गर !”
निराश खेलाडी र समर्थकहरूको
नाराबाजी र बिरोधको आवाजले
फेरि मैदान थर्कियो ।
एकै छिन् दुवै टिमका क्याप्टेन र रेफ्री बीच खानेखुसी भयो
त्यो कपटपूर्ण कानेखुशीपछि
सिटी बज्यो अनि फेरि खेल शुरु भयो ।

केही समयपछि तिनै समुह बिच फेरि अर्को खेल भयो
त्यो दिन पनि त्यस्तै अनर्थ भयो
यस पटक रातो समुहको क्याप्टेनले
आफ्नै गोलल पोस्टमा गोल छिरायो ।
दर्शक अचम्मित भए
सबैले एक स्वरमा प्रश्न गरे
“यो कस्तो भद्रगोल हो ?”
“कस्तो लापरबाही हो ?”
तर खेल रोकिएन
कसले कता गोल गर्छ
कसैलाई अनुमान भएन
दर्शकमा खेलप्रति कुनै उत्सुकता रहेन
तर ताली भने पड्किरहे ।

खेलाडी एक अर्काका प्रतिपक्षी नभए पनि
दर्शक कुनै न कुनै खेलाडीका
आफन्त थिए
साथी थिए,
कत्तिले त खेलाडीको नुन खाएका थिए
अथवा खेलाडी शक्तिसाली थिए
जोसँग दर्शक डराएका थिए
त्यसैले खेल हेर्न अनि ताली पड्काउन उनीहरू विवश थिए ।

त्यो भद्रगोल खेलको खबर
माहामारी फैलिए झैं विश्वभर फैलियो
“कहाँ भयो त्यस्तो खेल ?
को हो त्यसको प्रणेता ?”
खडेरीमा फैलिएको आगो जस्तै समाचार फैलियो
त्यो खेल नेपालमा भएको थियो
अनि त्यसका प्रणेता
नेपाली राजनीतिका क्याप्टेनहरू थिए ।

०००
क्यालिफोर्निया, यु.एस्.ए.

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मुखौटा

मुखौटा

इन्द्रकुमार श्रेष्ठ ‘सरित’
सपनासिबाय

सपनासिबाय

डा. अमर गिरी
जुल्फी

जुल्फी

ईश्वर पाेखरेल
उत्खनन

उत्खनन

सरूभक्त
0
Would love your thoughts, please comment.x
()
x