साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बसेर कुरा गरौँला

एकदिन सबै मेरो निवासमा आए उहि पुरानै कुरा फुकाए । उनीहरू समस्या भन्दै थिए । आफू बसेर सुन्दै थिएँ । जिब्रो फेरि मसंग जिस्कियो र, मुखबाट उही वाक्य फुत्त निस्कियो “हुन्छ बसेर कुरा गरौँला ।”

Nepal Telecom ad

बिहान चिया खाँदै थिएँ
एकजना मित्रको फोन आयो
भन्यो, धनीले जग्गा पास गरिदिएन
बैना रकम खायो ।
किन पास नगरेको भन्दा
जानेको गर भनेर उल्टै हप्की लायो ।
तनाव भएको छ
के गर्ने होला ?
मैले उसलाई भने
हुन्छ बसेर कुरा गरौँला ।

ब्रेकफास्ट खाँदै गर्दा
फेरि अर्को फोन आयो
भन्यो, हाम्रो पार्टी फुट्यो
सोही कुराको निहुँमा
उसले हाम्रा कार्यकर्तालाई कुट्यो
गाइँगुइँ हल्ला सुनिदैछ
हाम्रै साथीहरूले पनि
विरोधीलाई सघाएको छ
नेतृत्वदेखि सबै अघाएको छ
अब हाम्रो पनि पालो आउनु पर्छ
यसपालि मैले नै टिकट पाउनु पर्छ
दौरा, सुरूवाल र कोट सिलाउनु पर्यो
टिकटको व्यवस्था हजुरले मिलाउनु पर्यो
मैले उसलाई भने
हुन्छ बसेर कुरा गरौँला ।

केहीबेर पछि
फेरि अर्को फोन आयो
उसले भन्यो,
म सँगै जागिर खाएको साथी
पुगिसक्यो धेरै माथि
उसले कुस्त कमाई सक्यो
समाजमा सान जमाई सक्यो
तर, आफूलाई भने सधैं अर्थको अभाव छ
श्रीमती र छोराछोरीको पनि दबाव छ
हजुरले यति बिचार गर्नु पर्यो
मालदार अड्डामा सरूवा गर्नु पर्यो
मैले उसलाई भने
हुन्छ बसेर कुरा गरौँला ।

एकछिन पछि
अर्को फोन आयो
भन्यो, हामीले पीच गरेको सडक
पाँच दिनमै ङिच पर्यो
सडक जे सुकै होस्
हामीलाई राम्रै माल झर्‍यो
पुनः ठेक्का खुलेको छ
त्यसबाट मनग्ये फाइदा हुन्छ
हजुरको कुरा सबैले सुन्छ
सो ठेक्का हामीलाई दिलाई दिनु पर्यो
जसरी हुन्छ मिलाई दिनु पर्यो
मैले उसलाई भने
हुन्छ बसेर कुरा गरौँला ।

यस्ता फोन धेरैका आए
सबैले आ-आफ्ना गुनासा सुनाए
सबैलाई यसैगरि टार्दै आएँ
भाखा मिलाएर सार्दै आएँ
बिडम्बना –
एकदिन सबै मेरो निवासमा आए
उहि पुरानै कुरा फुकाए ।
उनीहरू समस्या भन्दै थिए ।
आफू बसेर सुन्दै थिएँ ।
जिब्रो फेरि मसंग जिस्कियो
र, मुखबाट उही वाक्य फुत्त निस्कियो
“हुन्छ बसेर कुरा गरौँला ।”

०००
हेटौँडा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
सहमति

सहमति

राजकुमार लामिछाने
साँढे पुराण

साँढे पुराण

राजकुमार लामिछाने
खाईजात्रे बजेट भाषण

खाईजात्रे बजेट भाषण

राजकुमार लामिछाने
नाग देवताय नमोनम:

नाग देवताय नमोनम:

राजकुमार लामिछाने
उस्तै उस्तै

उस्तै उस्तै

राजकुमार लामिछाने
अह‌ङ्कारको आगो

अह‌ङ्कारको आगो

प्रा. कपिल अज्ञात
सपनामाथि तपाईंहरु कत्तिको विश्वास गर्नुहुन्छ…?

सपनामाथि तपाईंहरु कत्तिको विश्वास...

राजेन्द्रप्रसाद अधिकारी
बिदा र हल्लाको देश !

बिदा र हल्लाको देश...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
हो स्वर्ग मेरो घर

हो स्वर्ग मेरो घर

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x