साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आमा बिरामी भइन्

लाँदैनन् उपचार गर्न जननी ती चाइना भारत, ल्वाँठे निर्गतिला भए सुत भने चर्किन्छ झन् आगत, जन्माऊ अब फेरि बुद्ध जननी हेरुन् तिमीले रुँदा, छोरा हुन् उपचार गर्न कसिने आमा बिरामी हुँदा ।

Nepal Telecom ad

सारा अङ्गहरू लुला शिथिल छन् कामै नलाग्ने भए
हाम्री यी जननी थला किन परिन् छोरा कता हो गए
साँच्चै क्यान्सर रोगले अब उनी आधा अकालै मरिन्
छोरा छन् झगडालु आज घरका आमा बिरामी परिन् ।

गर्दैनन् उपचार किन्तु सुतले छोरी पराई घर
आमाको छ बिमार हेर ननिको लाग्दै छ ठूलो डर
जेठो धूर्त घमण्डको घर भयो सोद्धैन के भो भनी
बोली बुझ्न सकिन्न आज उसको ठग्दैछ स्वार्थी बनी ।

गालीशास्त्र पढेर पण्डित भयो तल्लाघरे माहिलो
बोली फेर्न सिपालु देख्छु घरको जुङ्गामुठे साहिँलो
पुड्के काँतर काइँलो पनि उसै बन्दै छ झन् बैगुनी
आमाको गतिग्रास छैन गतिलो धिक्कार यस्तो जुनी ।

च्याँखे थाप्न सिपालु छन् हरघडी ती अन्तरे जन्तरे
मागी भाग सधैँ रुँदै छ जहिले लाजैबिना खन्तरे
कान्छाको पनि काम देख्छु गफको साह्रै उरन्ठेउलो
चर्का भाषणले पर्‍यो कहरमा आफैँ भिर्‍यो झ्याउलो ।

लाँदैनन् उपचार गर्न जननी ती चाइना भारत
ल्वाँठे निर्गतिला भए सुतभने चर्किन्छ झन् आगत
जन्माऊ अब फेरि बुद्ध जननी हेरुन् तिमीले रुँदा
छोरा हुन् उपचार गर्न कसिने आमा बिरामी हुँदा ।

०००
दमक, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मातापिता निधि दुई

मातापिता निधि दुई

बिन्दु दहाल ‘मूकदर्शक’
छन्दोबद्ध ठाेक्तक

छन्दोबद्ध ठाेक्तक

बिन्दु दहाल ‘मूकदर्शक’
शब्दक्षेप्यास्त्र

शब्दक्षेप्यास्त्र

बिन्दु दहाल ‘मूकदर्शक’
बुझ्न बाँकी छ धेरै

बुझ्न बाँकी छ धेरै

बिन्दु दहाल ‘मूकदर्शक’
वृद्धमा खुसी फुलोस्

वृद्धमा खुसी फुलोस्

बिन्दु दहाल ‘मूकदर्शक’
विचार पथका चेलाहरू हो सुन

विचार पथका चेलाहरू हो...

बिन्दु दहाल ‘मूकदर्शक’
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x