सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

आमा बिरामी भइन्

लाँदैनन् उपचार गर्न जननी ती चाइना भारत, ल्वाँठे निर्गतिला भए सुत भने चर्किन्छ झन् आगत, जन्माऊ अब फेरि बुद्ध जननी हेरुन् तिमीले रुँदा, छोरा हुन् उपचार गर्न कसिने आमा बिरामी हुँदा ।

Nepal Telecom ad

सारा अङ्गहरू लुला शिथिल छन् कामै नलाग्ने भए
हाम्री यी जननी थला किन परिन् छोरा कता हो गए
साँच्चै क्यान्सर रोगले अब उनी आधा अकालै मरिन्
छोरा छन् झगडालु आज घरका आमा बिरामी परिन् ।

गर्दैनन् उपचार किन्तु सुतले छोरी पराई घर
आमाको छ बिमार हेर ननिको लाग्दै छ ठूलो डर
जेठो धूर्त घमण्डको घर भयो सोद्धैन के भो भनी
बोली बुझ्न सकिन्न आज उसको ठग्दैछ स्वार्थी बनी ।

गालीशास्त्र पढेर पण्डित भयो तल्लाघरे माहिलो
बोली फेर्न सिपालु देख्छु घरको जुङ्गामुठे साहिँलो
पुड्के काँतर काइँलो पनि उसै बन्दै छ झन् बैगुनी
आमाको गतिग्रास छैन गतिलो धिक्कार यस्तो जुनी ।

च्याँखे थाप्न सिपालु छन् हरघडी ती अन्तरे जन्तरे
मागी भाग सधैँ रुँदै छ जहिले लाजैबिना खन्तरे
कान्छाको पनि काम देख्छु गफको साह्रै उरन्ठेउलो
चर्का भाषणले पर्‍यो कहरमा आफैँ भिर्‍यो झ्याउलो ।

लाँदैनन् उपचार गर्न जननी ती चाइना भारत
ल्वाँठे निर्गतिला भए सुतभने चर्किन्छ झन् आगत
जन्माऊ अब फेरि बुद्ध जननी हेरुन् तिमीले रुँदा
छोरा हुन् उपचार गर्न कसिने आमा बिरामी हुँदा ।

०००
दमक, झापा

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
जन्मे फेरि मुसा

जन्मे फेरि मुसा

बिन्दु दहाल ‘मूकदर्शक’
लाटो सिँगार्छन् अझै

लाटो सिँगार्छन् अझै

बिन्दु दहाल ‘मूकदर्शक’
मुस्किल छ

मुस्किल छ

बिन्दु दहाल ‘मूकदर्शक’
कालो सर्प

कालो सर्प

बिन्दु दहाल ‘मूकदर्शक’
छन् यहाँ

छन् यहाँ

बिन्दु दहाल ‘मूकदर्शक’
गोरु ब्याए

गोरु ब्याए

बिन्दु दहाल ‘मूकदर्शक’
नेताज्यूको क्रान्ति र मुड्के सलाम

नेताज्यूको क्रान्ति र मुड्के...

सुभाषचन्द्र देवकाेटा
नयाँ क्यालेन्डर

नयाँ क्यालेन्डर

भरत गुरागाइँ बर्बरिक
विश्व खवर

विश्व खवर

विष्णुहरि पाैडेल
विदेशको लोकतन्त्र के तन्त्र ? नेपालको लोकतन्त्र पो तन्त्र ।

विदेशको लोकतन्त्र के तन्त्र...

शम्भु जमरकट्टेल हेदाङ्ने
गुट

गुट

प्रेमदत्त कलाैनी
मतिभ्रष्ट को भयो ?

मतिभ्रष्ट को भयो ?

दुर्गा रिमाल अधिकारी