साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गणतन्त्रको पिरामिडमा अपराधको जात्रा

तथ्य तिम्रो तथास्तु तिम्रो त्रिमूर्तिको इन्साफमा तिम्रा चोर औँलामा न्याय नाचेको गणतन्त्रको राष्ट्रपति बाँचेको तिमी बोले गणतन्त्र तिम्रा बोले गणतन्त्र मानिस बोले गणतन्त्रको लाठी ।

Nepal Telecom ad

शिवप्रसाद जैशी :

मर्ने जनता
ल्याउने जनता
खाने तिम्रा आफन्त
तिम्रा ओतका सन्त महन्त
सत्ता तिम्रो भत्ता तिम्रो
रथ तिम्रो रथारोहण तिम्रो ।

अपराधका श्रृङ्खला तिम्रा
मार्ने मराउने तिम्रा
त्रिशुलले रोप्ने तिम्रा
आँखामा सुइरा घोप्ने तिम्रा
भट्टीमा मान्छे सेक्ने तिम्रा
मान्छेका दाउरामा आगो ताप्ने तिम्रा
मान्छेका व्यापारी तिम्रा
मान्छे बेच्ने पसल तिम्रा
अपराधको फसल तिम्रो ।

गौरवशाली पार्टी तिम्रा
महान् क्रान्ति तिम्रो
कानून तिम्रो
न्याय तिम्रो
राज तिम्रो
राज्य तिम्रो ।

फरक नामका एउटै कामका
सिद्धान्तका जलपमा
सत्ताको मदानीमा
मही माथिको नौनीमा
झिँगाको भेषमा
बर्षौदेखि टाँसिएका सर्वपार्टी तिम्रा ।

तथ्य तिम्रो तथास्तु तिम्रो
त्रिमूर्तिको इन्साफमा
तिम्रा चोर औँलामा न्याय नाचेको
गणतन्त्रको राष्ट्रपति बाँचेको
तिमी बोले गणतन्त्र
तिम्रा बोले गणतन्त्र
मानिस बोले गणतन्त्रको लाठी
गणतन्त्रको पिरामिडमा अपराधको जात्रामा
गणतन्त्र दिवसको सरकारलाई शुभकामना
गणतन्त्र दिवसको पार्टीहरूलाई शुभकामना
गणतन्त्र दिवसको अन्यायलाई शुभकामना
गणतन्त्र दिवसको शीतल निवासलाई शुभकामना !

०००
कैलाली, हाल- काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
गणित पुराण

गणित पुराण

शिवप्रसाद जैशी
म भक्त हुँ

म भक्त हुँ

शिवप्रसाद जैशी
फर्मान प्रेमी

फर्मान प्रेमी

शिवप्रसाद जैशी
निस्सासिएछ हावा

निस्सासिएछ हावा

शिवप्रसाद जैशी
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
माटाेका कुरा गराैँ

माटाेका कुरा गराैँ

उत्तमकृष्ण मजगैयाँ
उज्यालो देखिएन त ?

उज्यालो देखिएन त ?

कणाद महर्षि
0
Would love your thoughts, please comment.x
()
x