साइबर अपराध सम्बन्धी सचेतना सामग्री

खाऊ साथी खाऊ !

एकदिन मर्नु पर्छ कि पर्दैन ? सोचेर खाऊ कात्रोमा गोजी हुन्छ कि हुँदैन ? जानेर खाऊ जे खाए पनि बन्ने त आची नै हो, खानु नै जीवनको अभिष्ट मानेर खाऊ ।

Nepal Telecom ad

गायत्री परिरोशनी :

खानकै लागि जन्मिएकाहरू
जे-जे पाइन्छ, त्यही खानलाई
अन्मिएकाहरू,
मज्जाले खाऊ,
जहाँ खान पाइन्छ, त्यहीँ बसेर खाऊ
चिन्लान् फेरि अरुले
फुस्रो खरानी घसेर खाऊ
भान्छाकोठामा मात्र किन ?
डहरमा बसेर खाऊ
रहरमा बसेर खाऊ
गन्तव्य नै खाने भएपछि,
सुन खाने ठाउँमा जाऊ र खाऊ
खुन खाने ठाउँमा जाऊ र खाऊ
दूर्गम बस्तीमा पुर्‍याउने,
नुन खाने ठाउँमा जाऊ र खाऊ ।

खान जान्नेहरूलाई
हाम्रोमा पूर्णविराम लाग्दैन
त्यसैले सडकमा बसेर
अलकत्रा, बालुवा, ढुङ्गा, गिटी र रड
सबै चपाऊ
बाटो-सडक बलियो होइन
तिम्रो ज्यान बलियो बनाऊ ।
दोबाटोको पुलमा बस
पहेंलो धातुदेखि
दुर्व्यसनको सातुसम्म
सबै मज्जाले खाऊ,
आफ्नो मात्र होइन साथी
आफ्ना सात पुस्ताको
गरिबी निवारण गराऊ ।

चुनावमा जाऊ साथी
त्यहाँ पाएका
जनमत, विश्वास, निष्ठालाई
मज्जाले चपाऊ
धूलोपिठो बनाऊ
नीति बिर्स, सिद्धान्त बिर्स
तर
खानेकुरा केही नबिर्स
विकासे भत्ता र सत्ता मात्र होइन
तीनवटै तहको विकास खाऊ
इमान्दारिता खाऊ, प्रतिष्ठा खाऊ
लेखेका र देखेका जति सबै खाऊ
अलिकति देश खाऊ
अलिकति विदेश खाऊ
अलिकति विकास खाऊ
अलिकति निकास खाऊ ।

खाऊ साथी खाऊ
छालाले धानुन्जेल खाऊ
अतृप्त मनले मानुन्जेल खाऊ
यहाँ खान जानेकाहरू
कहिल्यै अघाउँदैनन्
त्यसैले,
एकदिन मर्नु पर्छ कि पर्दैन ? सोचेर खाऊ
कात्रोमा गोजी हुन्छ कि हुँदैन ? जानेर खाऊ
जे खाए पनि बन्ने त आची नै हो,
खानु नै जीवनको अभीष्ट मानेर खाऊ ॥

०००
स्याङ्जा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नागरिक एक्सप्रेस !

नागरिक एक्सप्रेस !

गायत्री परिरोशनी
बोक्सीका ताजा बात- ९

बोक्सीका ताजा बात- ९

गायत्री परिरोशनी
दाइजात्रा !

दाइजात्रा !

गायत्री परिरोशनी
आहा हेरेको हेर्‍यै !

आहा हेरेको हेर्‍यै !

गायत्री परिरोशनी
बोक्सीका ताजा बात- ८

बोक्सीका ताजा बात- ८

गायत्री परिरोशनी
जन्मदिनको शुभकामना छोरी !

जन्मदिनको शुभकामना छोरी !

गायत्री परिरोशनी
कहरमा कुम्ल्याउने रहर

कहरमा कुम्ल्याउने रहर

डा. बमबहादुर जिताली
गर्न चाहिँ गाह्राे

गर्न चाहिँ गाह्राे

डा. सत्यराज थपलिया
भजन

भजन

शेषराज भट्टराई
लाेग्ने र गधा

लाेग्ने र गधा

खगेन्द्र नेउपाने
टाउको

टाउको

भोलानाथ सुबेदी
देश ?

देश ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
0
Would love your thoughts, please comment.x
()
x