साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चुटेको तुइन र देश

बैरीले पुल तर्न दिन्न कहिले गोर्खे भनी हेप्दछ सानो देश भनेर दैनिक जसो सीमा यतै चेप्दछ पानीको उपभोग गर्न नदिने बाढी पसी डुब्दछ सत्तामा सरकार जो छ उसको सद्भक्तिमै व्यस्त छ ।

Nepal Telecom ad

घनश्याम रेग्मी :

कस्तो देश थियोे धपक्क पहिले राँको बलेको थियो
पुर्खाको तप पौरखादि सबले मानौँ बलेको दियो
साह्रै दुःख र कष्टमा छ जनता आशा सधैं हार्दछन्
सत्ता बस्दछ ऐसमा तर यता मान्छे सधैं मर्दछन् ।१

कालो कोभिडले लुटेर कतिका सन्तान नै सिध्यिए
माग्दै औषध खोप रुन्छ दुनियाँ आवाज नै छेकिए
सारा दौलत राज्य कोष जति हो नेता भुँडी भर्दछन्
सत्ता बस्दछ ऐसमा तर यता मान्छे सधैं मर्दछन् ।२

नेपाली जनता सधैं दुख गरी खान्छन् कमाई गरी
छोडी देश, विदेशमा रगतका धारा गरी तर्तरी
बाढीले भलले सताउँछ यता भोकै कतै पर्दछन्
सत्ता बस्दछ ऐसमा तर यता मान्छे सधैं मर्दछन् ।३

खेती उन्नत छैन खेत छ यता सुक्का सधैं जर्जर
केही काम मिलेन आङ छ यता नाना बिना थर्थर
आफ्नै थात र बास छोड्न करले चेपेर हैरान छन्
सत्ता बस्दछ ऐसमा तर यता मान्छे सधैं मर्दछन् ।४

खोलामा भल उर्लिदो छ मुटुमा ठोकेर ताला ठुलो
सानो एक रसी समाउँछ दुखी देखेर सप्ना ठूलो
आफ्ना दैनिक भोग्य वस्तु लिनमा आशा उता धर्दछन्
खोलाको जब चुट्छ हेर लहरो मान्छे बगी मर्दछन् ।५

बैरीले पुल तर्न दिन्न कहिले गोर्खे भनी हेप्दछ
सानो देश भनेर दैनिक जसो सीमा यतै चेप्दछ
पानीको उपभोग गर्न नदिने बाढी पसी डुब्दछ
सत्तामा सरकार जो छ उसको सद्भक्तिमै व्यस्त छ ।६

०००
भरतपुर, चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाकाहरूबाट सिकौँ (२)

पाकाहरूबाट सिकौँ (२)

घनश्याम रेग्मी
चार ठाेक्तक

चार ठाेक्तक

घनश्याम रेग्मी
बाबु र आमा

बाबु र आमा

घनश्याम रेग्मी
सरकारमा उजुरी

सरकारमा उजुरी

सूर्य चापागाईं
हबिगत

हबिगत

ईश्वर पाेखरेल
दुष्ट गाथा

दुष्ट गाथा

श्यामल अधिकारी
हैनन् नयाँ यी पनि

हैनन् नयाँ यी पनि

बालकृष्ण खनाल
स्वागत तालिले गरौँ

स्वागत तालिले गरौँ

रामप्रसाद अर्याल ‘अविराम’
0
Would love your thoughts, please comment.x
()
x