बालबालिकालाई मोबाइलको लतबाट जोगाऔ

खन्चुवा  (भाग २)

खा खा खा किरिया समाइ बाबुरा व्रिद्दा र वालाहरु । आफ्नै दोष छिपाउने किसिमका निर्लज्ज चालाहरु ।। भान्छे म्याउ गरेर बस्छ दुधको साँची स्वयम् घोषित । खानेका मुख थुन्नुपर्छ सहजै गर्दै रहौँ कोशिस ।।

Nepal Telecom Spring Offer

छविलाल आचार्य :

हड्डी फ्याँक्छ उता , छ ङ्यार्ङुर यता , झम्टन्छ कुत्ता सरी ।
आमा छट्ट र पट्ट छिन् सकसमा पिँडा अनेकौँ थरी ।।
खा खा खा अझ खा , अनागरीक जो , बन्नेहरु भेटिए ।
मंसाहार बनेर वैष्णव सरी बन्ने सबै निस्किए ।।१।।

खाइस् कागजनै प्रमाणहरुको हस्ताक्षरै नष्ट भो ।
छुट्टिन्छन् कसरी नराधमहरु , छुट्ट्याउनै कष्ट भो ।।
खान्थे चीट बसेछ आदत उही झुक्क्याऊथे शिक्षक ।
किर्ते औ ठगि तस्करे बनिसके यै देशका रक्षक ।।२।।

तान्दामा लहरो छ घर्कन सबै मान्छेहरु तानिए ।
बाङ्गो बच्दछ स्वच्छ मनिस भने दुष्कर्मका ठानिए ।।
खाए मानवता दया र ममता बेचे हसुर्दै मरे ।
पैसाकै भरमा भुलेर जनता निक्रिष्ट बन्दै झरे ।।३।।

साखा सन्तति खन्चुवा बनिदिदा ठान्छन् महाँ गौरब ।
आफ्नै संस्क्रिती सभ्यता मुलुकको संस्कार भाग्यो अब ।।
खाए मस्त चुसे निरीह जनता आफ्नै भरे आलय ।
छेक्ने बार रहेन आज उसले तोड्दैछ न्यायालय ।।४।।

पार्टी छिन्न र भिन्न छन् मुलुकमा फिर्दैन खै चेतना ?
खन्चुवाहरु छर्दछन् भ्रमहरु बड्दैछ उत्तेजना ।।
खा खा खा अझ खा सीमातक सबै बेचेर बस्तिहरु ।
खाई मस्त डकार्दछन् घरिघरी हाम्रा अगस्तीहरु ।। ५।।

खा खा खा किरिया समाइ बाबुरा व्रिद्दा र वालाहरु ।
आफ्नै दोष छिपाउने किसिमका निर्लज्ज चालाहरु ।।
भान्छे म्याउ गरेर बस्छ दुधको साँची स्वयम् घोषित ।
खानेका मुख थुन्नुपर्छ सहजै गर्दै रहौँ कोशिस ।।६।।

०००
पोखरा १६, कास्की

Fitkauli Publication Books comming soon
Nepal Telecom Spring Offer
कुर्सी पुराण

कुर्सी पुराण

छविलाल आचार्य
मेरो नेता बन्ने सपना

मेरो नेता बन्ने सपना

छविलाल आचार्य
खन्चुवा – भाग ४

खन्चुवा – भाग ४

छविलाल आचार्य
खन्चुवा (भाग- ३)

खन्चुवा (भाग- ३)

छविलाल आचार्य
खन्चुवा

खन्चुवा

छविलाल आचार्य
हाब्रो भरूँ

हाब्रो भरूँ

होम सुवेदी
हाम्रो स्वाभिमान

हाम्रो स्वाभिमान

नदी भट्टराई
सार्वजनिक बस

सार्वजनिक बस

खगेन्द्र नेउपाने
पदवी र विभूषण नदेऊ सरकार

पदवी र विभूषण नदेऊ...

शम्भु जमरकट्टेल हेदाङ्ने