साइबर अपराध सम्बन्धी सचेतना सामग्री

खन्चुवा  (भाग २)

खा खा खा किरिया समाइ बाबुरा व्रिद्दा र वालाहरु । आफ्नै दोष छिपाउने किसिमका निर्लज्ज चालाहरु ।। भान्छे म्याउ गरेर बस्छ दुधको साँची स्वयम् घोषित । खानेका मुख थुन्नुपर्छ सहजै गर्दै रहौँ कोशिस ।।

Nepal Telecom ad

छविलाल आचार्य :

हड्डी फ्याँक्छ उता , छ ङ्यार्ङुर यता , झम्टन्छ कुत्ता सरी ।
आमा छट्ट र पट्ट छिन् सकसमा पिँडा अनेकौँ थरी ।।
खा खा खा अझ खा , अनागरीक जो , बन्नेहरु भेटिए ।
मंसाहार बनेर वैष्णव सरी बन्ने सबै निस्किए ।।१।।

खाइस् कागजनै प्रमाणहरुको हस्ताक्षरै नष्ट भो ।
छुट्टिन्छन् कसरी नराधमहरु , छुट्ट्याउनै कष्ट भो ।।
खान्थे चीट बसेछ आदत उही झुक्क्याऊथे शिक्षक ।
किर्ते औ ठगि तस्करे बनिसके यै देशका रक्षक ।।२।।

तान्दामा लहरो छ घर्कन सबै मान्छेहरु तानिए ।
बाङ्गो बच्दछ स्वच्छ मनिस भने दुष्कर्मका ठानिए ।।
खाए मानवता दया र ममता बेचे हसुर्दै मरे ।
पैसाकै भरमा भुलेर जनता निक्रिष्ट बन्दै झरे ।।३।।

साखा सन्तति खन्चुवा बनिदिदा ठान्छन् महाँ गौरब ।
आफ्नै संस्क्रिती सभ्यता मुलुकको संस्कार भाग्यो अब ।।
खाए मस्त चुसे निरीह जनता आफ्नै भरे आलय ।
छेक्ने बार रहेन आज उसले तोड्दैछ न्यायालय ।।४।।

पार्टी छिन्न र भिन्न छन् मुलुकमा फिर्दैन खै चेतना ?
खन्चुवाहरु छर्दछन् भ्रमहरु बड्दैछ उत्तेजना ।।
खा खा खा अझ खा सीमातक सबै बेचेर बस्तिहरु ।
खाई मस्त डकार्दछन् घरिघरी हाम्रा अगस्तीहरु ।। ५।।

खा खा खा किरिया समाइ बाबुरा व्रिद्दा र वालाहरु ।
आफ्नै दोष छिपाउने किसिमका निर्लज्ज चालाहरु ।।
भान्छे म्याउ गरेर बस्छ दुधको साँची स्वयम् घोषित ।
खानेका मुख थुन्नुपर्छ सहजै गर्दै रहौँ कोशिस ।।६।।

०००
पोखरा १६, कास्की

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नववर्षको शुभकामना

नववर्षको शुभकामना

छविलाल आचार्य
होली

होली

छविलाल आचार्य
पर -जा -तन्त्र !

पर -जा -तन्त्र !

छविलाल आचार्य
गाँडतन्त्र

गाँडतन्त्र

छविलाल आचार्य
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
0
Would love your thoughts, please comment.x
()
x