साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सुकुमवासी भएको छ -धान खेत

उनको यस निकृष्ट व्यवहारले जीउमा आगो सल्काउँछ यो नीच हरकत देहभरी सन्सनाउँछ । मेरो छातिभरी बसेको छ गाउँ अब तपाईं नै भन्नुस् नपाएर ठाउँ- म “धान खेत” कता जाउँ ?

Nepal Telecom ad

लक्ष्मण नेवटिया :

कसैलाई अलिकति पनि नआएर चेत
एक भयावह क्षण बाँच्न
बाध्य भएको छु म “धान खेत ।”

हिजोसम्म सुन्दर हरियो गलैंचा देखिने
म सुरम्य समरस धान खेत
आफ्नो थात-थलोबाट बिस्तारै
विस्थापित भै रूवाबासीमा परेको छु ।

मानव बस्तीको निरन्तर आक्रमणमा परी
अरूलाई गाँसबास दिने
आज आफै सुकुमवासी भएको छु ।

पहिले प्रत्येक भोकलाई
मेरो थियो चाहना ।
लठ्ठ परेका हुन्थे सबै
सुँघेर मेरो चामलको वासना ।

तर जब सस्तो पर्न थाल्यो
विदेशी धान
काटेर मलाई घडेरीका कित्ता कित्तामा,
ठ्ड्याएका छन् भवन आलिशान ।

उनको यस निकृष्ट व्यवहारले
जीउमा आगो सल्काउँछ
यो नीच हरकत देहभरी सन्सनाउँछ ।

मेरो छातिभरी बसेको छ गाउँ
अब तपाईं नै भन्नुस्
नपाएर ठाउँ-
म “धान खेत” कता जाउँ ?

०००
विराटनगर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
त्यो पनि त थियो जिन्दगी

त्यो पनि त थियो...

लक्ष्मण नेवटिया
मगजको गन्थन-मन्थन

मगजको गन्थन-मन्थन

लक्ष्मण नेवटिया
समयको सर्कस

समयको सर्कस

लक्ष्मण नेवटिया
रङ् भरौं उमङ्गका २०८३ सालमा

रङ् भरौं उमङ्गका २०८३...

लक्ष्मण नेवटिया
म हुँ अक्षरको किसान

म हुँ अक्षरको किसान

लक्ष्मण नेवटिया
हे सुन ! कुरा सुन !!

हे सुन ! कुरा...

लक्ष्मण नेवटिया
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x