लक्ष्मण नेवटियासुकुमवासी भएको छ -धान खेत
उनको यस निकृष्ट व्यवहारले जीउमा आगो सल्काउँछ यो नीच हरकत देहभरी सन्सनाउँछ । मेरो छातिभरी बसेको छ गाउँ अब तपाईं नै भन्नुस् नपाएर ठाउँ- म “धान खेत” कता जाउँ ?

लक्ष्मण नेवटिया :
कसैलाई अलिकति पनि नआएर चेत
एक भयावह क्षण बाँच्न
बाध्य भएको छु म “धान खेत ।”
हिजोसम्म सुन्दर हरियो गलैंचा देखिने
म सुरम्य समरस धान खेत
आफ्नो थात-थलोबाट बिस्तारै
विस्थापित भै रूवाबासीमा परेको छु ।
मानव बस्तीको निरन्तर आक्रमणमा परी
अरूलाई गाँसबास दिने
आज आफै सुकुमवासी भएको छु ।
पहिले प्रत्येक भोकलाई
मेरो थियो चाहना ।
लठ्ठ परेका हुन्थे सबै
सुँघेर मेरो चामलको वासना ।
तर जब सस्तो पर्न थाल्यो
विदेशी धान
काटेर मलाई घडेरीका कित्ता कित्तामा,
ठ्ड्याएका छन् भवन आलिशान ।
उनको यस निकृष्ट व्यवहारले
जीउमा आगो सल्काउँछ
यो नीच हरकत देहभरी सन्सनाउँछ ।
मेरो छातिभरी बसेको छ गाउँ
अब तपाईं नै भन्नुस्
नपाएर ठाउँ-
म “धान खेत” कता जाउँ ?
०००
विराटनगर
Subscribe
Login
0 Comments
Oldest







































