साइबर अपराध सम्बन्धी सचेतना सामग्री

फुर्सद छैन

दलाल-हुन्नीवाद हटाउन दलाल- पूँजीवादीसँग चन्दा उठाउनु छ ! कसैलाई चिहानमा गाडेको श्रीपेच खोतलेर फेरि लाउनु छ । कसैलाई पाँचवर्षपछि आउने चुनावको लागि आजैदेखि प्रचारमा धाउनु छ ।

Nepal Telecom ad

अर्जुन पराजुली :

झगडा गरेरै फुर्सद छैन यहाँहरूलाई
पैसाले पानीट्याङ्की भरेरै फुर्सद छैन यहाँहरूलाई !
कसैलाई राजा ल्याउनु छ
कसैलाई गाँजा ल्याउनु छ !
कसैलाई आगो लाउनु छ सिंहदरबारमा
कसैलाई-
मान्छे मान्छेको बीचमा धाँजा ल्याउनु छ !
भएजति छेपारोको रङ्ग एकैचोटि
फेरेर भ्याउनु छ कसैलाई !
उखान-टुक्का भनेर
जनवाद ल्याउनु छ कसैलाई !
कसैलाई-
दलाल-पूँजीवाद हटाउन
दलाल- पूँजीवादीसँग चन्दा उठाउनु छ !
कसैलाई चिहानमा गाडेको श्रीपेच
खोतलेर फेरि लाउनु छ ।
कसैलाई पाँचवर्षपछि आउने चुनावको लागि
आजैदेखि प्रचारमा धाउनु छ ।
देश त फुर्सद भए पो बनाउनु !

०००
काठमाडौं ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कसले ?

कसले ?

अर्जुन पराजुली
म झोले होइन

म झोले होइन

अर्जुन पराजुली
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x