कृष्ण प्रधानकोरोना पिस्तोल
तैँले के भन्न खोजेको मैले बुझेँ कालु । हाम्रा नेताहरू ढाँट्दैनन् । गान्धीभन्दा आगर सत्यवादी छन् तर उतैबाट ढाँट्नु लगाएपछि ढाँट नबोली भो ता ? त्यति पनि गरेन भने फेरि उठीवास लाउलान् अनि ।

कृष्ण प्रधान :
दृश्य विवरण – हातमा थर्मल स्क्यानिङ थर्ममिटर लिएर एकजना भिखारी (राज) को प्रवेशे उसले आफ्नै निधारमा टँसाउँदै बारम्बार हेररहेको हुन्छ । अर्का भिखारी (कालु) को प्रवेश ।
कालु – (छक्क पर्दै ) राज ? तेरे हातमा पिस्तोल !
राज – के पिस्तोल ? देखिनस् यो कोरोना नाप्ने मेशिन । यो निधारको छेउमा राखेपछि तेरोमा कोरोना छ कि छैन थाहा पाइहाल्छ । आइज ता खै तेरो नापुँनापुँ ।
कालु – (पन्छिन खोज्दै) होस् । तैँ नाप । म चैं नाप्दिनँ ।
राज – आइज न आइज । केही हुँदैन । (समात्न खोज्दै)
कालु – नाइँ । (भाग्छ । दुवै जनाको भागाभाग चल्छ ) अब्बुई होस् । बाइचान्स कोरोना छ भने मलाई ता सोसियल डिसटेन्स होइन सासियल बाइकट गर्छ । त्यस्तो रिस्क म लिन्नँ राज भाइ । होस् होला । (खेदाखेद चलिरहेको बेला करुणाको प्रवेश)
करुणा – (अचम्म मानेर) के भाको हँ तँहरू ? लुकीचोरी खेलेको ? राजको हातमा के हो यो पिस्तोलजस्तो ?
राज – (छेवैमा लगी देखाउँदै) कोरोना पिस्तोल ।
करुणा – (छक्क पर्दै) कोरोना पिस्तोल ।
कालु – कोरोना छ कि छैन भनेर हेर्ने मेशिन ।
राज – खै तेरो निधार यता ले ता । हेरुँ तेरोमा कोरोना छ कि छैन ?
करुणा – (तर्किँदै) नाइँ । ड्याङै पड्क्यो भने ?
राज – काँ यो पड़किन्छ हौ लाटी । पड्कने कहाँ हो यो ।
कालु – आफै कोरोना पिस्तोल पनि भन्छ पड़्किँदैन पनि भन्छ ।
करुणा – आइज करुणा तेरो टेष्ट गर्छु ।
करुणा – अब्बुई होस् है । घोँच्छ होला ।
राज – ओहो यो सूई होइन करुमा । सूई हने भा ता तेरो पाखुरामा कि ता तानपुरामा र्वाम्मै रोप्ने थिएँ । लाटी । (कालुलाई) आइज कालु । तेरो निधार ले ता । (कालु तर्सेर भाग्छ)
करुणा – तैँले चैँ कहाँबाट पाइस् हौ यो ।
राज – पार्टी गर्ने एकजना सरले देको मलाई । भेटे जति सबैको टेष्ट गराएर प्रत्यककोबाट २०/२० रुपियाँ लिनु अरे अनि त्यहाँबाट एकजनाको ५ रुपियाँ मलाई राख्नु भनेका छन् ।
करुणा – आमामा हेर यसको कमाइ ! यस्तै हो भने ता अब भिख नमागे पनि भो ।
राज – त्यै भएर ता तिमीहरूलाई गरुँ भनेको । आइज न प्लिज ।
दुवै – (पर तर्किँदै) होस् पर्दैन ।
राज – आइज न प्लिज । आज एउटै बानी भाकै छैन ।
करुणा – तैँले कुनै मान्छे पाइनस् ? हामीलाई नै देखिस् ?
कालु – भिखारी भएर भिखारीजस्तो बस् न ।
करुणा – पार्टी गर्ने थोत्रेको कुरा सुनेर तैँले आफ्नै भिखारी साथीको पैसा लुट्छस् हँ ?
राज – लु न ता तिमारको फ्री गरिदिन्छु नि हुन्न ?
कालु – करुणाले गरोस् म ता गर्दिनं भाइ ।
करुणा – तैँ गर् । (हात लोपार्दै) इस् गर्छु । तर एउटा कुरा याद राख् राज । हामी भिखारी हौँ । भिख मागेर नै हामीले जिन्दगी बिताउनुपर्छ । पार्टीको मान्छेको कुरामा नलाग् बुझिस् ।
राज – (मलिन स्वरमा) होइन सरले ता समाजसेवा गरेका ।
कालु – समाजसेवा ? कतिवटा संस्थाहरूले निस्वार्थ रुपमा एक पैसा नलिईकन हामीलाई भोजन ख्वाइरहेछन् । त्यो पो हो ता खांटी समाजसेवा ।
करुणा – को’नि पो अरे ! (राजुको हातमा भएको थर्मल स्क्यानिङ थर्ममिटर देखाउँदै) यो बन्दुकजस्तो मशिन पनि ता सरकारले नै दिएको होला । अनि हामीलाई पैसा उठाउने ?
कालु – यी नेताहरूको जातै यस्तो हो । दाउ पर्यो भने यी मोराहरूले राहतको लागि लाशलाई पनि डोनेशन माग्न बेर लाउँदैनन् ।
करुणा – नेता त्यसै हुन्छ ? नेता हुनलाई भाग्य लिएर आउनुपर्छ ।
राज – तेस्तो ठाँट्ने र माग्ने नेता हुनु पनि के भाग्य लिएर आउनु हौ । शाला हामीलाई हेरोस् न घघर भिख मागे पनि न हामीलाई भाग्नु परेको छ न ढाँट्नु परेको छ ।
कालु – भाग्नु ता ठिकै हो तर हाम्रा नेताहरू विचाराले ढाँटेजस्तो लाग्दैन है मलाई ।
करुणा – तैँले के भन्न खोजेको मैले बुझेँ कालु । हाम्रा नेताहरू ढाँट्दैनन् । गान्धीभन्दा आगर सत्यवादी छन् तर उतैबाट ढाँट्नु लगाएपछि ढाँट नबोली भो ता ? त्यति पनि गरेन भने फेरि उठीवास लाउलान् अनि ।
कालु – जस्तो पाराले मादल बज्छ त्यस्तै पाराले ननाँची भो ! नत्र मादल नै खोसेर लैजालान् । हामीलाई शोक न सुर्ता भोक न भकारी । मरेपछि डुमै राजा शाला ।
राज – (थर्ममिटर निधार निधारसम्म पुर्याउँदै) आजेसुकै होस् । नेताहरूको कुरा उनीहरूले नै बुझुन् । लु लाष्ट एकपल्ट टेस् गरुँ ल । (भागा र भाग हुन्छ)।
पर्दा खस्छ ।
०००
सिलुगडी, भारत
Subscribe
Login
0 Comments
Oldest





































