सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

गणतन्त्रको लाश

न यसले हामीलाई निकास दिन्छ न यसले हामीलाई विश्वास दिन्छ महादेवले सतीदेवीको लाश बोकेजस्तै यो गणतन्त्रको लाश हामीले कहिलेसम्म बोक्ने ?

Nepal Telecom ad

आर. आर. चौलागाईं :

न यसले हामीलाई बाटो बनाउन दिन्छ
न यसले हामीलाई खाल्डो पुर्न दिन्छ
न यसले हामीलाई फोहर उठाउन दिन्छ
न यसले हामीलाई काँध फेर्न दिन्छ
न यसले हामीलाई भारी बिसाउन दिन्छ
न यसले हामीलाई निदाउन दिन्छ
न यसले हामीलाई सपना देख्न दिन्छ
महादेवले सतीदेवीको लाश बोकेजस्तै
यो गणतन्त्रको लाश हामीले कहिलेसम्म बोक्ने ?
न यसले हामीलाई सास फेर्न दिन्छ
न यसले हामीलाई आँखा हेर्न दिन्छ
न यसले हामीलाई हाँस्न दिन्छ
न यसले हामीलाई बाँच्न दिन्छ
न यसले हामीलाई गाँस दिन्छ
न यसले हामीलाई वास दिन्छ
न यसले हामीलाई कपास दिन्छ
महादेवले सतीदेवीको लाश बोकेजस्तै
यो गणतन्त्रको लाश हामीले कहिलेसम्म बोक्ने ?
न यसले हामीलाई न्याय दिन्छ
न यसले हामीलाई निसाफ दिन्छ
न यसले हामीलाई उर्जा दिन्छ
न यसले हामीलाई ढाडस दिन्छ
न यसले हामीलाई भरोसा दिन्छ
न यसले हामीलाई निकास दिन्छ
न यसले हामीलाई विश्वास दिन्छ
महादेवले सतीदेवीको लाश बोकेजस्तै
यो गणतन्त्रको लाश हामीले कहिलेसम्म बोक्ने ?

०००
२०८० मङ्सिर ६

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
हतियार

हतियार

आर.आर. चौलागाईं
कोमामा देश

कोमामा देश

आर.आर. चौलागाईं
सुशासन कायम राखौँ

सुशासन कायम राखौँ

आर.आर. चौलागाईं
किनकि तिमी नेता

किनकि तिमी नेता

आर.आर. चौलागाईं
पार्टी

पार्टी

आर.आर. चौलागाईं
हामी

हामी

आर.आर. चौलागाईं
म नै म !!

म नै म !!

कलानिधि दाहाल
मजाले हिँड (२)

मजाले हिँड (२)

कृष्णप्रसाद गाैतम
लाटो सिँगार्छन् अझै

लाटो सिँगार्छन् अझै

बिन्दु दहाल ‘मूकदर्शक’
नेता पो म त

नेता पो म त

शिव सस्मित
मुला

मुला

वासुदेव ठकुरी