साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गणतन्त्रको लाश

न यसले हामीलाई निकास दिन्छ न यसले हामीलाई विश्वास दिन्छ महादेवले सतीदेवीको लाश बोकेजस्तै यो गणतन्त्रको लाश हामीले कहिलेसम्म बोक्ने ?

Nepal Telecom ad

आर. आर. चौलागाईं :

न यसले हामीलाई बाटो बनाउन दिन्छ
न यसले हामीलाई खाल्डो पुर्न दिन्छ
न यसले हामीलाई फोहर उठाउन दिन्छ
न यसले हामीलाई काँध फेर्न दिन्छ
न यसले हामीलाई भारी बिसाउन दिन्छ
न यसले हामीलाई निदाउन दिन्छ
न यसले हामीलाई सपना देख्न दिन्छ
महादेवले सतीदेवीको लाश बोकेजस्तै
यो गणतन्त्रको लाश हामीले कहिलेसम्म बोक्ने ?
न यसले हामीलाई सास फेर्न दिन्छ
न यसले हामीलाई आँखा हेर्न दिन्छ
न यसले हामीलाई हाँस्न दिन्छ
न यसले हामीलाई बाँच्न दिन्छ
न यसले हामीलाई गाँस दिन्छ
न यसले हामीलाई वास दिन्छ
न यसले हामीलाई कपास दिन्छ
महादेवले सतीदेवीको लाश बोकेजस्तै
यो गणतन्त्रको लाश हामीले कहिलेसम्म बोक्ने ?
न यसले हामीलाई न्याय दिन्छ
न यसले हामीलाई निसाफ दिन्छ
न यसले हामीलाई उर्जा दिन्छ
न यसले हामीलाई ढाडस दिन्छ
न यसले हामीलाई भरोसा दिन्छ
न यसले हामीलाई निकास दिन्छ
न यसले हामीलाई विश्वास दिन्छ
महादेवले सतीदेवीको लाश बोकेजस्तै
यो गणतन्त्रको लाश हामीले कहिलेसम्म बोक्ने ?

०००
२०८० मङ्सिर ६

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कविताको रङ

कविताको रङ

आर.आर. चौलागाईं
सिंहदरबारको पानी

सिंहदरबारको पानी

आर.आर. चौलागाईं
मौन विद्रोह

मौन विद्रोह

आर.आर. चौलागाईं
यमराजको फैसला

यमराजको फैसला

आर.आर. चौलागाईं
पशुको पुकार

पशुको पुकार

उत्तम विचार
जीवनको रचना

जीवनको रचना

डा. अमर गिरी
मतिका बुटुना

मतिका बुटुना

ओम आचार्य
चोरमाथि चण्डाल

चोरमाथि चण्डाल

सुभाषचन्द्र देवकाेटा
0
Would love your thoughts, please comment.x
()
x