साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लङ्गौटिया यार

मलाई त अचेल समीपतादेखि परै बस्न मन लाग्छ अन्धकारमा लुकेर जूनको उज्यालोमा दाग खोज्ने झ्यालहरूमा पर्दा लागेकै बेस लाग्छ के भरोसा ? कतै फेरि नयाँ अवतारमा आएको त होइन मेरो लँगौटिया यार ?

Nepal Telecom ad

युवराज भण्डारी :

हाम्रो मित्रतालाई
मिसाल सम्झिन्छ यो समाज
जहाँ ऊ हुन्छ त्यहाँ म नहुँदा
उसको निकटमा मलाई नदेख्दा
मित्रताको एक दृष्टान्त नै
मेटिएको ठान्छ दुनियाँ ।

भेटघाटमा
ऊ गर्छ सुकिलो मुकिलो कुरा
लाग्छ उसको घाँटीमा जडित छ फिल्टर
जो श्यामलाई श्वेत जस्तो देखाउन सक्छ
जो काठलाई रबर बनाएर तन्काउन सक्छ
हो, ऊ सहजै तिललाई पहाड बनाउन सक्छ
र, सुनाउँछ एक मजदुरलाई
कपास आफ्नो हातमा बिझाएको कुरा ।

मेरो साथी हो
लँगौटिया यार हो
त्यसैले त मेरो औधी ख्याल राख्छ
कहिले आफ्नो हातसँग मेरो हात नाप्छ
कहिले आफ्नो गर्दनसँग मेरो गर्दन नाप्छ
कहिले आफ्नो धनसँग मेरो जीवन नाप्छ ।

यहाँ यस्तै चल्छ
देखावटमा सम्बन्ध फल्छ
को साँचो हो को झूटो हो ?
कसलाई पो मतलब छ ?
सफेद आवरण भित्र
कति धेरै अन्धकार छ ?
कसलाई सोच्ने फुर्सद छ ?
स्टिकरकै भरमा बजार चलेको छ
ब्रान्डकै अगिपछि संसार घुमेको छ ।

मैले भर्खरै चिनेको
अर्को एउटा साथी छ
जो म हाँसेको देखेर
हतार हतार आँसु पुछेर हाँस्छ
जो म रोएको देखेर
म भन्दा पनि जोड जोडले रुन्छ
खासै नजिकको साथी होइन ऊ मेरो
तर पनि
मेरो भागमा परेको अपजस बाडौं भनेर
खै, किन हरेक चोटि हात थाप्छ ? !

ऊ फरक छ –
लँगौटिया भन्दा बिलकुल फरक छ
खडेरी परेको देखी देखी
बर्सात थामेर मडारिने बादल होइन ऊ
ऊ बर्सिन्छ
ऊ पोखिन्छ
ऊ ठ्याक्कै पानी जस्तो छ
न उसलाई ताप छिपाउन आउँछ
न उसलाई चाप छिपाउन आउँछ ।

खै, कुन्नि त !
रङ्गमञ्च जीवन जस्तो हो
अथवा
जीवन रङ्गमञ्च जस्तो हो
मलाई त अचेल
समीपतादेखि परै बस्न मन लाग्छ
अन्धकारमा लुकेर
जूनको उज्यालोमा दाग खोज्ने झ्यालहरूमा
पर्दा लागेकै बेस लाग्छ
के भरोसा ?
कतै फेरि नयाँ अवतारमा
आएको त होइन मेरो लँगौटिया यार ?

०००
क्यानडा 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
पागल हाँसो

पागल हाँसो

युवराज भण्डारी
झोलेहरू त थाक्दैनन्…

झोलेहरू त थाक्दैनन्…

युवराज भण्डारी
राजनीतिको रङ

राजनीतिको रङ

युवराज भण्डारी
कसैले भनेर हुँदैन

कसैले भनेर हुँदैन

युवराज भण्डारी
आँसुको कर्नाली

आँसुको कर्नाली

युवराज भण्डारी
सभ्य सवाई

सभ्य सवाई

डिल्लीप्रसाद मूलतिहुन
कर खोई ?

कर खोई ?

भोलानाथ सुबेदी
नेपालभित्र

नेपालभित्र

हरिप्रसाद घिमिरे
नाङ्गो शहर

नाङ्गो शहर

विप्लव प्रतीक
तीजकी श्रीमती

तीजकी श्रीमती

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x