साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तृप्ति

चल्दा छन् घरमै अनाहक बडा दुष्कृत्य आडम्बर । आफ्नो प्राकृत कर्म शून्य छ भने के मान्नु आफ्नो घर ॥ पर्दा कष्ट उठिन्न मानव भने के मिल्छ बाँचे पनि ? मर्दा बाँच्न सकिन्छ देश हितमा सत्कर्म गाँस्यो भने ॥

Nepal Telecom ad

दीनानाथ पोख्रेल :

अर्काका भरमा बस्यो यदि भने पर्नेछ भोकै रुन ।
आफू निर्भर बन्न कोसिस गरोस् पुग्नेछ तारा छुन ॥
आफ्नै पूर्वजका सुसंस्कृति बँचून् हाँस्नेछ रम्दै हियो ।
हेक्का त्याग हुँदा गुम्यो शुभकला निभ्दै उज्यालो दियो ॥०१॥

मान्छे पुज्दछ भव्यतासँग खुली आफ्नै निका सभ्यता ।
आफू भुल्दछ अन्य नक्कल गरे जान्नू छ यो सत्य ता ॥
आफ्ना पूर्व सुसभ्यता पर गरे देखिन्न रे मानव ।
आफ्ना संस्कृति जोगिए अवनिमा त्यै हो धराको धव ॥०२॥

मेरा भारतवर्षमा असल छन् विज्ञानझैँ ज्ञान र ।
गर्दै रक्षित यत्नले अघि बढे छर्छन् उज्यालो पर ॥
आफ्नै सूर्य भुलेर दीप परको बालेर के काम छ ?
मेरै पूर्वजका सुसंस्कृतिहरू पक्रे सुधा पान छ ॥०३॥

मेरै यो घरभित्रका हरकुरा सङ्ला बडा योग्य छन् ।
त्यागेँ आज अनेक कष्ट घरमा उत्पात उद्भ्रान्ति छन् ॥
जे देख्यो त्यसमै गडी नयन यी भुल्छन् सुमान्छे पथ ।
कृत्याकृत्य भुले स्वयम् नयनले ढल्क्यो अबाटो रथ ॥०४॥

चल्दा छन् घरमै अनाहक बडा दुष्कृत्य आडम्बर ।
आफ्नो प्राकृत कर्म शून्य छ भने के मान्नु आफ्नो घर ॥
पर्दा कष्ट उठिन्न मानव भने के मिल्छ बाँचे पनि ?
मर्दा बाँच्न सकिन्छ देश हितमा सत्कर्म गाँस्यो भने ॥०५॥

ज्ञानी ज्ञान समात्छ चढ्छ नभमा सत्कर्ममा रम्दछ ।
मान्छेकै हितमा सुकर्म करमा पक्रेर त्यो जम्दछ ॥
उल्टा कर्म टिपे विषाक्त खिलले सद्भ्रान्ति ता फाँड्दछ ।
इच्छा, शान्ति र सौख्यभाव हितका उम्दा निका बाँड्दछ ॥०६॥

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

दीनानाथ पाेखरेल
माता यी पतिकी मुमा सरह नै…

माता यी पतिकी मुमा...

दीनानाथ पाेखरेल
समस्त मातृशक्तिमा

समस्त मातृशक्तिमा

दीनानाथ पाेखरेल
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x