साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भ्रम

हामीसँग विद्यार्थीहरू झ्यास्स इङ्लिस बोल्न डराउँछन् । अचेल मैले देखिरहेको छु- नेपाली बोल्नै पर्‍यो भने कि पाले दाइलाई झिँज्याउँछन् कि नेपाली सरसँग लुट्पुटिन्छन् ।’

Nepal Telecom ad

रमेशचन्द्र घिमिरे :

अङ्ग्रेजी माध्यममा पढाइ हुने निजी विद्यालयमा नेपाली पढाउने शिक्षकका रूपमा जागिर पाउनासाथ किशोर खुसी भए । आफ्ना गुरुहरूले आफूलाई पढाउँदाको शैलीको सिको गर्दै सकेसम्म अब्बल शिक्षकका रूपमा स्थापित हुने जमर्को उनले गरे ।

विद्यार्थीहरू उनीसँग निकै झ्याम्मिन्थे । पढाउँदा चुट्किला, कविता, कथा कहाँनेर, कुन प्रसङ्गमा र कसरी भन्नुपर्छ उनलाई थाहा थियो । खाली पिरियडमा, छोटो ब्रेकमा वा हाफ छुट्टीको समयमा पनि विद्यार्थीहरू उनीसँग गफ गर्न रमाइलो मान्थे ।

‘सर, हामीलाई भलिबल दिनुस् न !’ हुँदा हुँदा विद्यार्थीहरू भलिबल, फुटबल, चेस, क्यारेम बोर्ड माग्न पनि किशोर सरलाई नै सम्झन्थे । किशोर सर मख्ख थिए । उनलाई लाग्यो, ‘मेरो पढाउने शैली र व्यवहारबाट विद्यार्थीहरू मसँग निकै प्रभावित छन् ।’

किशोर सरले स्टाफ मिटिङमा समेत सहभागी हुने पहिलो अनुभव प्राप्त गरे । महिनाको अन्तिम दिनमा हुने उक्त स्टाफ मिटिङमा प्रिन्सिपल सर बडो सान दिँदै र खुट्टा हल्लाउँदै बोल्दै थिए, ‘जे होस् हाम्रो विद्यालयमा विद्यार्थीहरू इङ्लिस मिडियममा बोल्ने प्राक्टिस गर्दैछन् । हामीसँग विद्यार्थीहरू झ्यास्स इङ्लिस बोल्न डराउँछन् । अचेल मैले देखिरहेको छु- नेपाली बोल्नै पर्‍यो भने कि पाले दाइलाई झिँज्याउँछन् कि नेपाली सरसँग लुट्पुटिन्छन् ।’

०००
२०८०/०८/१०
भोर्लेटार, लमजुङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
भ्रममार्ग

भ्रममार्ग

रमेशचन्द्र घिमिरे
अप्रिल फर्स्ट

अप्रिल फर्स्ट

रमेशचन्द्र घिमिरे
देखासिकी

देखासिकी

रमेशचन्द्र घिमिरे
गुलियो माया

गुलियो माया

रमेशचन्द्र घिमिरे
राधा पियारी

राधा पियारी

रमेशचन्द्र घिमिरे
विश्व सुन्दरी

विश्व सुन्दरी

रमेशचन्द्र घिमिरे
सुनौलो बोली

सुनौलो बोली

मोहनराज शर्मा
पुस्तक दाेकान

पुस्तक दाेकान

डा. विदुर चालिसे
अच्छा राई ‘रसिक’ का निबन्धमा हास्यव्यङ्ग्य

अच्छा राई ‘रसिक’ का...

डा. सुकराज राई
सेकदार

सेकदार

रामकृष्ण ढकाल
0
Would love your thoughts, please comment.x
()
x