साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चारो हालिदिनुहोस्

व्यङ्ग्य र हास्य पनि लेख्ने छ तपाईंमा युगपुरुष देख्ने छ तपाइँको मृत्युलाई पनि छेक्ने छ बस घाँस हालिदिनुहोस् केही चोकर र भुसा उसका अघि फालिदिनुहोस् उसको भोको पेटमा परेको छिद्र कनिकाले टालिदिनुहोस् ।

Nepal Telecom ad

होम सुवेदी :

ती जो अब म कुरा गरिरहेको छु
भोका सुगाहरू न हुन्
तारिफ गर्ने गुगाँहरू न हुन्
रित्ता ठूँगाहरू न हुन्
ठुँगामा आधा मात्रै भए पनि
हालिदिनुहोस्
अप्सानीको शैलीमा
उसका नजिकै जुठो
फालिदिनुहोस्
क्या लेख्नु भनेर
निस्ता ताली दिनुहोस्
दुई चार सिता हालेको
रित्तो थालिदिनुहोस्
भोको भाषासेवीलाई
अलिकति चोकर सहित
प्रशंसाको दियो बालिदिनुहोस्
अनि भजन गाउने छन्
तपाईंको जय मनाउने छन्
लाम लागेर
स्वस्तीवाचन गाउने छन्
सारेगमधनिसाको लयमा
नाचगान गर्दै
ढ्याङ्ग्रो ठटाउने छन्
तषाइँको तारिफको
नर्सिङ्गा बजाउने छन्
तपाइँको जय गान गरी
फेरमा समाउने छन्
सम्मानका नाममा
सभामा खादा भिराइदिनु होला
कुनै कुनै बेला
भट्टीमा पनि छिराइदिनुहोला
घाँस खानेलाई खान दिनू
लागेको खर्च आफैँ बेहोर्नू
उसलाई नतिराइदिनु होला
उसको वचन नफिराइदिनु होला
अप्सानी हालेको न
अप्सानी हाल्न
दिन नबिराइदिनु होला
यति भएपछि
ऊ तपाइँको
फक्किका र भाष्य
मात्र कहाँ
व्यङ्ग्य र हास्य पनि लेख्ने छ
तपाईंमा युगपुरुष देख्ने छ
तपाइँको मृत्युलाई पनि छेक्ने छ
बस घाँस हालिदिनुहोस्
केही चोकर र भुसा
उसका अघि फालिदिनुहोस्
उसको भोको पेटमा परेको छिद्र
कनिकाले टालिदिनुहोस्
बस पुग्यो
अब हुनु भो युग पुरुष
महामानव
महानायक
युगद्रष्टा
महान् स्रष्टा
बस घाँस हालिदिनुहोस्
चोकरहािदिनुहोस्
कुँडो हालिदिनुहोस् ।

०००
भद्रपुर, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाँच ठाेक्तक

पाँच ठाेक्तक

होम सुवेदी
गजल फित्कौली

गजल फित्कौली

होम सुवेदी
ठोक्तक कवित्त

ठोक्तक कवित्त

होम सुवेदी
हरि ॐ सत्ता सह नौ भुनक्तु

हरि ॐ सत्ता सह...

होम सुवेदी
तीन ठाेक्तक

तीन ठाेक्तक

होम सुवेदी
देशका नाममा

देशका नाममा

मणि लाेहनी
कहरमा कुम्ल्याउने रहर

कहरमा कुम्ल्याउने रहर

डा. बमबहादुर जिताली
गर्न चाहिँ गाह्राे

गर्न चाहिँ गाह्राे

डा. सत्यराज थपलिया
भजन

भजन

शेषराज भट्टराई
लाेग्ने र गधा

लाेग्ने र गधा

खगेन्द्र नेउपाने
टाउको

टाउको

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x