साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लाशको आश

तिमीलाई त के छ र सरकार लाशले पनि भोट दिएकै छ त्यही लालमोहोरमा तिम्रो कुर्सी धेरै वर्ष घुमेकै छ ।

Nepal Telecom ad

गोपेन्द्रप्रसाद रिजाल :

Gopendra p. Rijal

गरिबीको बाजले झम्टिएपछि
अभावको चिलले ठुँगेपछी
दलिनको चामलको भुड्को खाली छ
आमा, बाबु र स्वास्नीको पेट
पनि त खाली छ ।
स्वास्नीको खाली पेटले
लाम्टा नभरिएपछि
बच्चालाइ झञ्झटिलो
खाली फाँचा चुसाउँदै
नाँके स्वरमा उनले
लोरी गाउँदै उँघेपछि
खाडी त ताक्नै पर्ने रहेछ
तातो तालु टन्टनाएर
पाक्नै पर्ने रहेछ
पाके पछि सेलाउनै पर्ने रहेछ
छ महिना हिँउमा लुकेर
कक्रकिएको लाश भै
बाकसमा फिर्नै पर्ने रहेछ ।

त्यसैले सरकार
उद्योग धन्दा बेचेरै भए पनि
बाटोहरू फराकिलो बनाऊ
घाटहरू थप्दै जाऊ
हवाइमैदान थप्दै जाऊ
कम्तिमा लाशले
क्यावात् सरकार भन्ने छ ।

गन्द्र्राङ गुन्द्रुङमा
लावालस्करको झुण्डमा
डुल्दा तिमीलाइ पनि त
दुःख हुन्छ सरकार
कात्तिकमा कुकुरको झुण्डलाई पनि त
दुःख हुन्छ
त्यो बाटो
त्यो एयरपोर्ट
तिमी
कुकुर र
लाशलाई
पनि त काम लाग्छ ।

पातिहरू रोप्न लाऊ
ऐँसेलुहरूको जङ्गल बढाऊ
सरकार
तिमीलाई विदेशी डलर आउँछ
उता लाशलाई पनि
कम्ती काम लाग्छ र !
मलामी चोख्याउन
पातिको धुप बाल्नै पर्छ
ऐँसेलु काँडा टेक्नै पर्छ ।
अनि सरकार तिमी
दशहजारको एउटा थाली समाऊ या
सुनको फाली समाऊ
बालै फरर

तर लाशको सुध्याइँमा
अलिनु मानु चामलले
कतै आमाको दूध पग्रिन्छ कि ?
बाबुको एकजोर लुगाले
गोडा तिनेक वर्ष त धान्छ कि ?

तिमीलाई त के छ र सरकार
लाशले पनि भोट दिएकै छ
त्यही लालमोहोरमा
तिम्रो कुर्सी धेरै वर्ष घुमेकै छ ।

बरू सरकार,
फ्रि भिसा
फ्रि टिकट
हामीलाई उतै पठाऊ
साससँगै आए
एउटा नोकिया खोस्न
मान्छे खटाऊ
लाश भै आउँदा त तिमीलाई
फाइदै फाइदा छ नि सरकार
तिम्रो लागि लाश त
सुनको अण्डा हो
अपुतालीमा पाएको बण्डा हो ।

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कालो कोट

कालो कोट

गाेपेन्द्रप्रसाद रिजाल
चटनी

चटनी

गाेपेन्द्रप्रसाद रिजाल
स्वार्थ

स्वार्थ

गाेपेन्द्रप्रसाद रिजाल
फुलमन्त्रीले रक्सी छाड्यो रे…

फुलमन्त्रीले रक्सी छाड्यो रे…

गाेपेन्द्रप्रसाद रिजाल
पुरोहित बाको टुपी

पुरोहित बाको टुपी

गाेपेन्द्रप्रसाद रिजाल
खुकुरीः अहिंसा र टोपी

खुकुरीः अहिंसा र टोपी

गाेपेन्द्रप्रसाद रिजाल
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
0
Would love your thoughts, please comment.x
()
x