साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मेरो आर्यघाटको वर्तमान

आफैँलाई बन्धक बसाएर परापुर्खालाई बसाइ सर्दै छन् मसानघाटतिर ! मेसीन बेरिएको आर्यघाटतिर ! मानवता रित्तिएको विदेश यमलोकतिर !

Nepal Telecom ad

कलानिधि दाहाल :

अग्लेको छ उन्माद
खस्केको छ मानवता
सदन सदन छैनन्
वदन वदन छैनन्
भेडाबाख्राझैँ
कुकुरबिरालाझैँ
मन मान्छेसँगै
मान्छे मनसँगै
अग्लेको छ उन्माद
खस्केको छ मानवता
तैपनि
मान्छे हुनुको गर्व बोकेर
बाँचिरहेछ मान्छेविनाको मान्छे
जङ्गली भोका चितुवाझैँ
जङ्गली भोका
हाइनाहुँडारझैँ
सत्ताको अग्लो आसनबाट
गुलियो भाषण पोखेर
एउटा भाले सिँह
बचेरा निमोठिरहेछ
पोथीहरू चरनमा छन्
बचेरा मरनका
बिन्दास अनुहारमा
सत्तासीन भालेहरू
रगत पोतिएका जिब्राले
उन्माद छचल्किएका अनुहारले
अहङ्कार उम्लिएका आँखाले
अन्धकार ओढेर घप्लक्क
अनाचारका नसा फिँजाएर
सर्वत्र
भाँडभैलो मच्चाइरहेछन्
यो देश नामको घना जङ्गलमा
यो घना जङ्गल नामको देशमा
तारुण्य उम्रेर पनि
साहसको शिर नफक्रेका
मेरा आसनमुनिका
युवायुवतीहरू
मेरा जङ्गलराजका
सौन्दर्यशील ऊर्जाहरू
अलिकति भोलिको भयले
अलिकति अभावको आतसले
अलिकति बासगाँसको
अन्तर आभासले
यामबेयाम
दिनदहाडै
बन्धक राखेर
आफैँलाई
बन्धक बसाएर
परापुर्खालाई
बसाइ सर्दै छन्
मसानघाटतिर !
मेसीन बेरिएको
आर्यघाटतिर !
मानवता रित्तिएको
विदेश यमलोकतिर !
तैपनि
आफू भएको गर्वमा
आफू अग्रगामी भएको अहंमा
आफू सदावहार
विकसित भएको अहङ्कारले
मेरो सत्ताको भाले सिंह
मेरो जङ्गलराजको
भाले चितुवा
भाले बाघ
आफ्नै बचेराका
आफ्नै डमरुका
आफ्नै घरआँगनका
कलिला वयरगतमा
जिब्रा लप्लपाएर
अग्लो अहङ्कार बाँचिरहेछ
मेरो आर्यघाटको वर्तमान !!

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जङ्गली समाज !!

जङ्गली समाज !!

कलानिधि दाहाल
नेता म मानूँ किन ??

नेता म मानूँ किन...

कलानिधि दाहाल
स्वागत तालिले गरौँ

स्वागत तालिले गरौँ

रामप्रसाद अर्याल ‘अविराम’
च्याँखे थाप्न थाले

च्याँखे थाप्न थाले

डा. बमबहादुर जिताली
हुन बाँकी के रह्यो ?

हुन बाँकी के रह्यो...

फित्काैली डटकम
आधुनिकता

आधुनिकता

हेमराज पन्त
भन रामलखन !

भन रामलखन !

निमेश निखिल
कृत्रिम बाैद्धिकता

कृत्रिम बाैद्धिकता

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x