साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आऊ आजै रमाऊँ !

स्वार्थ र बेइमानीको जीवन कति जिउनु, लुट खोसमा कति रमाउनु, आऊ एकपटक, आफैसित विद्रोह गरौँ, भोलि त के हो के हो आऊ आजै रमाऊँ !

Nepal Telecom ad

सुभाषचन्द्र देवकाेटा :

आऊ आजै रमाऊँ,
भोलि त के हो के हो !

मनका तुस फलौँ,
विद्वेश र द्वन्द्वका पर्खाल भत्काऊ,
भोलि त के हो के हो,
आऊ आजै रमाऊँ !

कमजोरीहरु सच्याऊ,
दुखेका मनहरु जोडौँ,
भोलि त के हो के हो,
आऊ आजै रमाऊँ !

प्रशंसामा नभुलौँ,
आफूले आफ्नै समीक्षा गरौँ,
गल्ती सच्याऊँ,
भोलि त के हो के हो,
आऊ आजै रमाऊँ !

सरुवा र बढुवाको
कुरामा नभुलौँ
अलिकति इमान
देशको लागि पनि छुट्टयाऊ,
भोलि त के हो के हो,
आऊ आजै रमाऊँ !

स्वार्थ र बेइमानीको जीवन कति जिउनु,
लुट खोसमा कति रमाउनु,
आऊ एकपटक,
आफैसित विद्रोह गरौँ,
भोलि त के हो के हो
आऊ आजै रमाऊँ !

भोलि त के हो के हो
आऊ आजै रमाऊँ !

०००
गाेरखा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मौनताको आँधि

मौनताको आँधि

सुभाषचन्द्र देवकाेटा
मनको लड्डु …

मनको लड्डु …

सुभाषचन्द्र देवकाेटा
निरोको शहर…

निरोको शहर…

सुभाषचन्द्र देवकाेटा
म हार्न तयार छु

म हार्न तयार छु

सुभाषचन्द्र देवकाेटा
जय नेपाली क्रान्ति !

जय नेपाली क्रान्ति !

सुभाषचन्द्र देवकाेटा
राजनीतिका बनियाँ

राजनीतिका बनियाँ

सुभाषचन्द्र देवकाेटा
अलगअलग बाटो

अलगअलग बाटो

श्याम प्रधान
लुकीछिपी बोतल खोल

लुकीछिपी बोतल खोल

माधव पोखरेल गोज्याङ्ग्रे
श्रेष्ठ सर्जकहरू बन्छन् सबै ती मुला

श्रेष्ठ सर्जकहरू बन्छन् सबै...

बिन्दु दहाल ‘मूकदर्शक’
त्रिशूलीको बगरबाट

त्रिशूलीको बगरबाट

शम्भु गजुरेल
शासक सत्याग्रह

शासक सत्याग्रह

डा. विदुर चालिसे
0
Would love your thoughts, please comment.x
()
x