साधुराम खड्कामाया गाँस्ने कविता
वास्तविकता पत्ताे नहुने रैछ वाइफाले माया जीवन सहज बनाउँछ भन्थे हरपलमा रुवाउने रैछ माया हरबार झस्काउने रैछ बेमाैसमे पानी र माया ।

साधुराम खड्का :
जुट्दै कुट्दै र फुट्दै
गाँसिने रैछ माया
नजरकाे हेराइ मै त
फरक पर्ने रैछ माया
त्यै फूलमा सुन्दरता
काेमलता र सुवास
खाेजि रैछ माया
हेर्दा मनै वहलाउने
वास्तविकता पत्ताे नहुने रैछ
वाइफाले माया
जीवन सहज बनाउँछ भन्थे
हरपलमा रुवाउने रैछ माया
हरबार झस्काउने रैछ
बेमाैसमे पानी र माया
हुँदामा सबकुछ ठिक छ
नहुँदामा त्यही
बाेझिलाे बन्छ माया
काेही बन्छ दायाँ
काेही हुन्छ बायाँ
दायाँ र बायाँ सग्लाे छाया
त्यही छायाभित्र पनि
लुकिदिन्छ माया ।
जुट्दै कुट्दै र फुट्दै
गाँसिने रैछ माया ।
०००
बुढानीलकण्ठ, काठमाडाैं
Subscribe
Login
0 Comments
Oldest







































