सुभाषचन्द्र देवकाेटासांसदज्यू के गर्दै हो ?
तर सांसदज्यू ! जे गर्नु भो, ठीक गर्नु भयो ? नेताकै आदेशमा गर्नु भयो ? देशलाई लोप्पा खुवाएर, आफ्नै गोजी भर्नु भयो ? नेताकै पदचाप पछ्याउनु भयो ।

सुभाषचन्द्र देवकोटा :
सांसदज्यू आजकल के गर्दै हो ?
माला, खादा भिर्दै हो कि ?
जग्गा दलाली गर्दै हो ?
कि नेताको गोडामा तेल दल्दै हो ?
सांसदज्यू आजकल के गर्दै हो ?
विदेशमा हो कि ? स्वदेशमा हो ?
भट्टीमा हो कि ? संसदमा हो ?
कि जुवा खालमा हो ?
सांसद ज्यू आजकल के गर्दै हो
सांसदमा कुर्ची भाच्दै हो कि ?
संसदमा मुक्का ठोक्दै हो ?
कि कतै सेल्फी खिच्दै हो ?
सांसदज्यू भन्नुस् त ?
विकास कति खानु भयो ?
सुन कति ओसार्नु भयो ?
कति इमानीको घाँटी रेट्नु भयो ?
तर सांसदज्यू !
जे गर्नु भो, ठीक गर्नु भयो ?
नेता कै आदेशमा गर्नु भयो ?
देशलाई लोप्पा खुवाएर,
आफ्नै गोजी भर्नु भयो ?
नेताकै पदचाप पछ्याउनु भयो ।
०००
गोरखा, हाल काठमाडौं
Subscribe
Login
0 Comments
Oldest






































