साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गाउँतिर आजभाेलि कविता पढिँदैन

माेबाइलमा सन्तानकाे घुर्मैलाे अनुहार काेतरेर आफ्नु भाषा नबुझ्ने नातिनातिनासँग आँखाकाे भाका पाेखेर बाई ! भन्दा पनि आँसु अडिँदैन गाउँतिर आजभाेलि कविता पढिँदैन ।

Nepal Telecom ad

खगेन्द्र नेउपाने :

गाउँतिर आजभाेलि कविता पढिँदैन ।
बरु ट्याक्टर चढिन्छ
हिलाे आलीमा लडिन्छ
माले फुर्के बेचियाे हजुर !
हलाेजुवा हराइसक्याे
मेसिनकाे जमाना आइसक्याे
त्यसैमा बूढापाकाकाे मात्रै अलिकति मन अडिन्छ
तन्नेरीकाे अडिँदैन
गाउँतिर आजभाेलि कविता पढिँदैन ।

तन्नेरीहरु चाेकमा भेला हुँदैनन्
गाउँमा तन्नेरीहरु भए पाे
त्यसैले गाउँकाे चाैताराे पनि जेष्ठ नागरिक भैसक्याे
पुराना दिनहरुमा ओथारा बसेर
नयाँ युग जन्मिदैन
माेबाइलमा सन्तानकाे घुर्मैलाे अनुहार काेतरेर
आफ्नु भाषा नबुझ्ने नातिनातिनासँग
आँखाकाे भाका पाेखेर
बाई ! भन्दा पनि आँसु अडिँदैन
गाउँतिर आजभाेलि कविता पढिँदैन ।

कविता पढ्नलाई शहर चाहिन्छ
थुप्रै रहरहरु पाेख्ने अवसर चाहिन्छ
त्यसै भएर हाेला
कागजमा अक्षरहरु अडिँदैन
गाउँतिर आजभाेेलि कविता पढिँदैन ।

०००
गाैरादह, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
म अदक्ष अध्यक्ष

म अदक्ष अध्यक्ष

खगेन्द्र नेउपाने
लाेग्ने र गधा

लाेग्ने र गधा

खगेन्द्र नेउपाने
कृत्रिम बाैद्धिकता

कृत्रिम बाैद्धिकता

खगेन्द्र नेउपाने
फेरि एउटा लाेककथा

फेरि एउटा लाेककथा

खगेन्द्र नेउपाने
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
तीर

तीर

खगेन्द्र नेउपाने
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x