साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सुन्दिनँ म तिम्रा कविता

सधैं भोगविलासको गन्ध आउँछ तिम्रा शब्द र बोलीहरूमा नैतिकताको गाँठो फुस्किँदा पनि तिमी लाज नमान्ने अनि किन मैले तिम्रा कविता सुन्ने ? त्यसैले, भो नसुनाऊ, सुन्दिनँ म तिम्रा कविता ।

Nepal Telecom ad

मीनप्रसाद लामिछाने :

भो नसुनाऊ, सुन्दिनँ म तिम्रा कविता
तिम्रा कवितामा छ दास मनोवृत्ति
र, मालिकप्रतिको ओठेभक्ति
अनि छ आफू पनि त्यस्तै बन्ने अभिलाषा र आशक्ति
छैन साहस कालोलाई कालो र सेतोलाई सेतो भन्ने
अनि किन मैले तिम्रा कविता सुन्ने ?
त्यसैले,
भो नसुनाऊ, सुन्दिनँ म तिम्रा कविता ।

तिम्रा कवितामा छैन-
भोको पेट र चाउरी परेको अनुहारको कथा
न छ शोषण र उत्पीडनको जाँतोमा पिल्सिरहेकाहरूको व्यथा
छ त केवल प्रवृत्ति-
सुकोमल अनुहार र गोह्रो छालालाई राम्रो मान्ने
अनि किन मैले तिम्रा कविता सुन्ने ? त्यसैले,
भो नसुनाऊ, सुन्दिनँ म तिम्रा कविता ।

तिम्रा कवितामा सुस्ता र कालापानीका व्यथा हुँदैनन्
भोकले आक्रान्त कर्नालीहरू पनि रूँदैनन्
अभाव र अन्यायले देश जलिरहँदा तिमी प्रणयको गीत गाउँछौ
अनि ऐले सदाचारको उपदेश दिन आउँछौ
तिमी हरदम सुरा र सुन्दरीलाई सर्वश्व ठान्ने
अनि किन मैले तिम्मा कविता सुन्ने ?
त्यसैले,
भो नसुनाऊ, सुन्दिनँ म तिम्रा कविता ।

तिम्रा कवितामा शहीदका छोराछोरी भोकले छटपटाउँदैनन्
अनि पति विदेशिएका यौवनाका पीडा पनि अटाउँदैनन्
तिमी त ग्ल्यामर देख्छौ तिनका फाटेका गुन्यु र चोलीहरूमा
सधैं भोगविलासको गन्ध आउँछ तिम्रा शब्द र बोलीहरूमा
नैतिकताको गाँठो फुस्किँदा पनि तिमी लाज नमान्ने
अनि किन मैले तिम्रा कविता सुन्ने ?
त्यसैले,
भो नसुनाऊ, सुन्दिनँ म तिम्रा कविता ।

तिम्रा कविता कोरा शब्दजाल हुन्, जसमा प्राण हुँदैन
र त सुनिन्छन् बिर्सिन्छन् किनकि तिनले मन हुँदैन ।
मन छुन त कविता लेख्ने होइन लेखिनुपर्छ
त्यसमा नेपाल र नेपालीको सच्चा अनुहार देखिनुपर्छ
तिमी कहिल्यै त्यसो गर्न नजान्ने
अनि किन मैले तिम्रा कविता सुन्ने ?
त्यसैले,
भो नसुनाऊ, सुन्दिनँ म तिम्रा कविता ।

०००
हेटाैँडा, मकवानपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कुकुर पत्ता लाग्यो

कुकुर पत्ता लाग्यो

मीनप्रसाद लामिछाने
शिक्षक बन्न सजिलो काँ छ र !

शिक्षक बन्न सजिलो काँ...

मीनप्रसाद लामिछाने
म बुढो भएकै हो

म बुढो भएकै हो

मीनप्रसाद लामिछाने
देशमा फेरि चुनाव आयो

देशमा फेरि चुनाव आयो

मीनप्रसाद लामिछाने
कसरी हुन्छ सुधार ?!

कसरी हुन्छ सुधार ?!

मीनप्रसाद लामिछाने
हामी त केवल घण्टा हौँ

हामी त केवल घण्टा...

मीनप्रसाद लामिछाने
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x