साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गुरु हुन् मृत्युका देव !

जीव हुँ दैवको नासो गुरुका दृष्टिमा छु म फक्रन्छु फूलझैं हेर ईशकै सृष्टिमा छु म // गुरु हुन् मृत्युका देव मार्दछन् क्लेश दम्भ यो फोर्दछन् तिमिरा घैंटा खोल्दछन् द्वार ज्ञानको//

Nepal Telecom ad

कृष्णदेव रिमाल ‘शब्दसेना’ :

दृष्यादृष्य सबै हाम्रा गुरु हे गर्छु बन्दन
म यौटा शिष्य हुँ यस्तो नेपाल भूमिनन्दन //१//

अदृश्य खोजमा हामी भौंतारिन्छौं कहाँकहाँ
गुरुको पद पछ्याए पुगिन्छ ज्योति छन् जहाँ //२//

सत्यालम्बन मात्रैले शिष्यत्व भाव खुल्दछ
मिथ्यालम्बी भए शिष्य जानेकै ज्ञान भुल्दछ//३//

गुरुसत्ता कता भाग्यो? उम्लन्छन् शिष्य भक्भक
स्वयम् छन् अति नै जान्ने ओकल्छन् भ्रम बक्बक //४//

मूर्त या दृश्य या स्पर्श्य के हो यो चिन्नुपर्दछ
सत्यासत्य चिनी पैले भ्रमत्व छिन्नुपर्दछ //५//

दिव्यता धीरता प्रेम पात्रता वीरता यहाँ
कृपाले मात्र मिल्ने हुन् पाइन्छन् नत्र ती कहाँ?६//

गुरु हुन् सत्यका ऐना नम्र भै गूढ खैंचनू
स्वयंकै भ्रमले मान्छे बिग्रन्छन् अरु के भनुँ//७//

निजकै छातिमा हुन्छ उज्यालो सत्यको घर
गुरुका ज्ञानले मात्र खुट्टिन्छ्न् मार्ग त्यो तर//८//

ईशको प्रेम बर्षेर सत्गुरु मिल्न सक्दछन्
कर्मका फलले मात्र सत्पथ मिल्छ भन्दछन्//९//

म को हुँ चिन्नुपर्ने थ्यो पर्दाले छेकियो यहाँ
गुरुको प्रेमले पायौं नत्र त्यो मिल्दथ्यो कहाँ//१०//

बालसूर्य देखाएर आशाको दीप बाल्दछन्
गुरुले ज्ञान दर्शाई राग औ द्वेष गाल्दछन् // ११//

जीव हुँ दैवको नासो गुरुका दृष्टिमा छु म
फक्रन्छु फूलझैं हेर ईशकै सृष्टिमा छु म //१२//

गुरु हुन् मृत्युका देव मार्दछन् क्लेश दम्भ यो
फोर्दछन् तिमिरा घैंटा खोल्दछन् द्वार ज्ञानको//१३//

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठाेक्तक

तीन ठाेक्तक

कृष्णदेव रिमाल
गणतन्त्रका देवता

गणतन्त्रका देवता

कृष्णदेव रिमाल
आऊ अब विवेकी युद्ध गरौँ

आऊ अब विवेकी युद्ध...

कृष्णदेव रिमाल
भन न तिमी कहिले फर्कने ?

भन न तिमी कहिले...

कृष्णदेव रिमाल
शहीद पसल

शहीद पसल

कृष्णदेव रिमाल
बेहोशीमा बाँदरलाई

बेहोशीमा बाँदरलाई

कृष्णदेव रिमाल
बोक्सीका ताजा बात- ९

बोक्सीका ताजा बात- ९

गायत्री परिरोशनी
माटोबाट पलाएर माटोमै

माटोबाट पलाएर माटोमै

अनिता काेइराला
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x