साइबर अपराध सम्बन्धी सचेतना सामग्री

खहरे

कतै थुपार्छ लेदो कतै घिसार्छ कसिङ्गर धिक्कार्दै अवयस्क आफ्नै जिन्दगीलाई धमिलिएर अमिलिएर ठोक्किएर झाेंक्किएर समयसित नझुक्किएर महासागर भेट्टाउन हतार गर्छ ।

Nepal Telecom ad

पदम दाहाल :

हिउँदभरि कमिलाको ताँती लाउने
वर्षासँगै त्रासदी पलाउने
घरबस्ती नजिकैको खहरे
जैल्यै दुष्चक्रको याम पर्खिएर
बाटो कुरिरहन्छ
माथिको लेक डाँडापाखा
तलको औलो डहर छिचोल्दै
खसाल्नेबित्तिकै हात्तीसुँढे बर्सा
बसाल्ने गर्छ
कालोमैलो र धुस्रोफुस्रो अनुहार
वायुमण्डलको डिलडिलमा
अनि, अत्तालिन्छ प्रत्येक खहरे खोलो ।

उसले तर्साउँछ
किनाराका एकेक घरबस्तीलाई
नारा लगाउँछ ऊ
थर्काउँछ उसले वरिपरि बाँचेका
निरीह सकुशल सृष्टिलाई
तटीय किनारामा खेलिरहेका झुमिरहेका
अनेकौँ जलाहारी माझीलाई
र प्राणीजगत्का गस्ती गस्तीलाई ।

सङ्लिदैन उसको गति
पग्ंिलदैन उसको छाती
थर्काउँदै बढ्छ अघि
उत्ताउलिदै डङ्कार पिट्छ
दायाँबायाँ चर्काउँछ चिथोर्दै गर्छ
बहुलठ्ठी मान्छेजस्तै
कहिले अथुलाएर
परिवर्तनको ढड्डा फुकाल्छ
वर्षभरि नै रित्तिनुपरेकोमा
एउटा भयानक आक्रोश
र अर्को क्रोध निकाल्छ
दुबै काखीमा च्यापेर चर्को बिलौना
कतै थुपार्छ लेदो
कतै घिसार्छ कसिङ्गर
धिक्कार्दै अवयस्क आफ्नै जिन्दगीलाई
धमिलिएर अमिलिएर ठोक्किएर झाेंक्किएर
समयसित नझुक्किएर
महासागर भेट्टाउन हतार गर्छ
गुमाएर होश
सुम्सुम्याएर दोष
एकल खहरे अघि बढ्छ यसरी नै ।

०००
मादी न.पा. ६, सङ्खुवासभा
हाल, लोकन्थली, भक्तपुर ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हवसमाण्डु

हवसमाण्डु

एमपी पाण्डे
मूला

मूला

दुर्गा रिमाल अधिकारी
मौनताको आँधि

मौनताको आँधि

सुभाषचन्द्र देवकाेटा
पीडा

पीडा

हेमराज पन्त
0
Would love your thoughts, please comment.x
()
x