साइबर अपराध सम्बन्धी सचेतना सामग्री

त्यस्ता दिन पनि थिए

सैनिक बस्थे व्यारेकभित्र, प्रहरीहरूको चौकी हुन्थ्यो, कतै कसैको भए हत्या, हत्याको कोही दोषी हुन्थ्यो ! अराष्ट्रिय तत्त्व भनिनेबाट, राष्ट्रियसहितको आस हुन्थ्यो, नियम कानुन यस्तै उस्तै, तर तिनको बेग्लै त्रास हुन्थ्यो !

Nepal Telecom ad

चट्याङ मास्टर :

त्यस्ता दिन पनि थिए यो देशमा,
जब भ्रष्टाचार एउटा हुन्थ्यो,
भ्रष्टाचारीहरू लाज मान्थे,
दोषी, सिङ्गै व्यवस्था हुन्थ्यो !

उद्योग व्यापार खुल्थे केही,
विकास नारा चर्को हुन्थ्यो,
पहाड, तराई, मन्दिर, खोला,
डुल्ने विदेशी लर्को हुन्थ्यो !

सैनिक बस्थे व्यारेकभित्र,
प्रहरीहरूको चौकी हुन्थ्यो,
कतै कसैको भए हत्या,
हत्याको कोही दोषी हुन्थ्यो !

अराष्ट्रिय तत्त्व भनिनेबाट,
राष्ट्रियसहितको आस हुन्थ्यो,
नियम कानुन यस्तै उस्तै,
तर तिनको बेग्लै त्रास हुन्थ्यो !

त्यस्ता दिन पनि थिए यो देशमा !!

०००
काठमाडौं
‘चट्याङगीता’ (२०७६)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बोक्सीका ताजा बात- ९

बोक्सीका ताजा बात- ९

गायत्री परिरोशनी
माटोबाट पलाएर माटोमै

माटोबाट पलाएर माटोमै

अनिता काेइराला
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x