साइबर अपराध सम्बन्धी सचेतना सामग्री

स्वर्गमा नेपाली पत्रकार !

‘सबै नेपाली त्यस्ता छैनन्, भगवान ! अर्थहीन जस्तो लाग्यो मलाई त हजुरको ‘डाउट’ !’ भगवानको ब्लडप्रेशर हाइ भयो उनी बेसरी चिच्याए - ‘नाइ से गेट आउट !!!’

Nepal Telecom ad

मुकुन्द आचार्य :

एक जना पत्रकारको आँखा
आइडिया ! भन्दै धपक्क बल्यो ।
स्वर्गमै गएर
प्रभुसँग अन्तर्वार्ता लिने
उनलाई सुर चल्यो ।
कल्पना मन्त्रालय अन्तर्गत
पुराण विभागको
पुरानो पुष्पक विमानमा चढेर
भगवान विष्णु छेउ गए
साष्टाङ्ग दण्डवतको साटो
भगवानलाई ‘हाय’ गरेर
एकातिर ठिङ्गश्वर भए ।
प्रभुले प्रश्न गरे-
‘तिमी को हौ ?
कहाँबाट आयौ ?
किन व्यर्थमा दुःख पायौ ?’
औँलाको काईयोले कपाल सम्याउँदै
पत्रकारले भने-
‘हजूर सम्पूर्ण सृष्टिको सूत्रधार !
म चैँ नेपालको जल्दोबल्दो पत्रकार !’
सुन्ने बित्तिकै भगवान पड्के-
‘त्यसोभए तिमी उल्टो खुट्टाले फर्क
नसोधेरै स्वर्गमा किन पसेको ?
तिम्रालागि उपयुक्त ठाउँ हो
कुम्भीपाक नर्क ।
भारतमा प्रवासी नेपालीहरूलाई
बस्नै नदिने रे !
तिमीहरू चाहिँ ज्यान गए
नेपालमा पस्न नदिने रे !
रामायण बिर्स्याे ?
शत्रुपक्षको विभीषणलाई मैले शरण दिएँ ।
महाभारत पनि बिर्स्याे ?
कौरव पक्षका भीष्मलाई
मैले कति राम्रो मरण दिएँ ।
तिमीहरू आफ्नै मूललाई एउटै रूख,
एउटै हाँगाका फूललाई
ओइलाएर झरेको बिचल्ली भएर
मरेको कसरी हेर्न सक्छौ ?
आफ्नो आङको भैँसी देख्दैनौ
अर्काको जुम्रा हेर्न सक्छौ !
देश विदेशको भन्सार र हवाइअड्डामा
संसारै गन्हाउने गरी
मूर्ति, सुन र लागू पदार्थ छेर्न सक्छौ !
भ्रष्टाचारको विरोधी पत्रकारलाई
जेल नेल लगाई लाटो रिस फेर्न सक्छौ !
तिमी तुरुन्तै यहाँबाट गैहाल !
मेरो दृष्टिबाट दूर भैहाल !
पत्रकारले कुरा काटे –
‘सबै नेपाली त्यस्ता छैनन्, भगवान !
अर्थहीन जस्तो लाग्यो
मलाई त हजुरको ‘डाउट’ !’
भगवानको ब्लडप्रेशर हाइ भयो
उनी बेसरी चिच्याए –
‘नाइ से गेट आउट !!!’

०००
काठमाडौं
मिर्मिरे (४०)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
साँढेमाथि पाँडे

साँढेमाथि पाँडे

मुकुन्द आचार्य
दृष्टि र सृष्टि !

दृष्टि र सृष्टि !

मुकुन्द आचार्य
दुई झोलेले के के बोले ?

दुई झोलेले के के...

मुकुन्द आचार्य
पट्ठो बन्ने रहरमा

पट्ठो बन्ने रहरमा

मुकुन्द आचार्य
भर्खर नुहाएको सहर

भर्खर नुहाएको सहर

डा. दामाेदर पुडासैनी किशाेर
किनकि, म नर्स हुँ

किनकि, म नर्स हुँ

पार्वती पुडासैनी
म को हुँ ?

म को हुँ ?

युवराज भण्डारी
उत्पात भो

उत्पात भो

हेम अधिकारी
पुनर्जन्म

पुनर्जन्म

अनिता काेइराला
0
Would love your thoughts, please comment.x
()
x