साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सेवाको मेवा

कुनै छैन मन्त्री न सन्त्री न जन्त्री यहाँ जो नहोस् नोटका लागि तन्त्री सबै पाल्नु हो के गरी यी प्रजाले यिनैले मिली तन्त्र यो मार्न थाले ॥

Nepal Telecom ad

रमेश खकुरेल :

जहाँ व्यर्थ हुन्छन् सबै अन्य नीति
जहाँ ज्ञानको शास्त्रको छैन प्रीति
जहाँ खट्न सक्तैन जोतेर खेती
त्यहाँ खूब राम्रो छ यो राजनीति ॥

न विज्ञानको ज्ञान पर्नेछ जान्नु
न ता सत्यको ध्यान नै पर्छ गर्नु
दया वा कि मायाँ कुनै चाहिँदैन
न ता साफ इन्साफको छोइँदैन ॥

लफङ्गा जुटायो अडङ्गा लगायो
छ है सामु जङ्घार भन्दै करायो
नयाँ रङ्गका आश चङ्गा उडायो
यही नाममा भीड साथै कुदायो ॥

यहाँ हैन सेवा लिने काम मेवा
जहाँ छैन ढेवा त्यहाँ हुन्न टेवा
सधैँ ध्यान कैले पुगी मर्छ मैह्ना
खखस् खस् गरी नोटले दिन्छ चैन ॥

कुनै छैन मन्त्री न सन्त्री न जन्त्री
यहाँ जो नहोस् नोटका लागि तन्त्री
सबै पाल्नु हो के गरी यी प्रजाले
यिनैले मिली तन्त्र यो मार्न थाले ॥

थियो शुद्ध सेवा टुसो भाँचिएछ
“स”को भो “म”मेवा भनी ठानिएछ
यही भ्रान्तिले देशलाई डुबायो
करोडौं जना घुँक्क गर्दै रुवायो ॥

०००
काठमाडौं

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
युगल बसेल
युगल बसेल
2 years ago

जोले दिन्न ढेवा ऊले लिन्न स्रेवा
जय होस् हजुरको

Nepal Telecom ad
डलरको बिरुवा

डलरको बिरुवा

रमेश खकुरेल
देश बन्ने भयो

देश बन्ने भयो

रमेश खकुरेल
टीचर

टीचर

रमेश खकुरेल
दल खल्बलको

दल खल्बलको

रमेश खकुरेल
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
1
0
Would love your thoughts, please comment.x
()
x