साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गाईजात्रा र देश !

भेडो कुभिन्डो कसरी निलोस् त बोको बसी राज्य कहाँ चलोस् त यी छद्म भेषी परभक्त दास चम्चे धुपौरे चुनिए विशेष ।

Nepal Telecom ad

घनश्याम रेग्मी :

जात्रा चलेको छ यहाँ अचम्म
साँढे र सत्ता सब सम्मडम्म
नाङ्गाहरू छन् पदमा विशेष
सारा भताभुङ्ग भएछ देश ।१

बुङ्गा धतङ्गा सबले मिलेर
जात्रा गरे देश सबै निलेर
साँढेहरूको छ जमात खास
सारा भताभुङ्ग भएछ देश ।२

आफ्ना सबै वस्त्र उतार्न थाले
साथीहरूका पनि वस्त्र फाले
लज्जा यता छैन कतै विशेष
सारा भताभुङ्ग भएछ देश ।३

के लाज मान्थे सकिएछ लाज
कस्तो हुने भोलि कठै समाज
एकेक छन् दुष्ट खराब दास
सारा भताभुङ्ग भएछ देश ।४

सत्ता भकुण्डो अति नै कुदाए
खै गोल साँच्चै कति के गराए
हेर्दा यहाँ रेस्लिङ हुन्छ खास
सारा भताभुङ्ग भएछ देश ।५

छन् लाउके भ्रष्ट यहाँ जमात
के वस्त्र बिक्ला अब खै यता त
साँढेहरूको छ जहाँ जमात
जात्रा हुने हो जहिल्यै त्यहाँ त ।६

लज्जा बचे पो अलि लाज हुन्थ्यो
बाँकी कहाँ के छ र छोपिइन्थ्यो
एकेक छन् दुष्ट खराब कप्टी
पाखण्डको यो छ छिना र झप्टी ।७

को फोर्न सक्ने यसकै छ होड
को चोर्न सक्ने यसकै छ होड
यो राज्य कङ्गालसमान पारी
नेता जुटेका रमिता छ भारी ।८

भेडो कुभिन्डो कसरी निलोस् त
बोको बसी राज्य कहाँ चलोस् त
यी छद्म भेषी परभक्त दास
चम्चे धुपौरे चुनिए विशेष ।९

खान्छन् हसुर्छन् मुलुकै डुबाए
आफन्त सारा पदमा पुर्याए
निर्धा तिमी लौ परदेश जाऊ
पैसा र रेमी प्रभुमा बुझाऊ ।१०

०००
हाल : बैजनाथ १, चिसापानी, बाँके

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाकाहरूबाट सिकाैँ (६)

पाकाहरूबाट सिकाैँ (६)

घनश्याम रेग्मी
पाकाहरूबाट सिकाैँ (५)

पाकाहरूबाट सिकाैँ (५)

घनश्याम रेग्मी
पाकाहरूबाट सिकाैँ (४)

पाकाहरूबाट सिकाैँ (४)

घनश्याम रेग्मी
पाकाहरूबाट सिकाैँ (३)

पाकाहरूबाट सिकाैँ (३)

घनश्याम रेग्मी
पाकाहरूबाट सिकौँ (२)

पाकाहरूबाट सिकौँ (२)

घनश्याम रेग्मी
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x