साइबर अपराध सम्बन्धी सचेतना सामग्री

धरोधर्म गर्छु (३३)

चारो खाएर लट्ट्याई स्वार्थको थाल थाप्छु म थाल भर्ने हुँदा चाह नानाथरी अलाप्छु म । हो झैँ लाग्ने कथा आफैँ कल्पना गर्न थाल्छु म तिनै कथा सबैसामु लगेर छर्न थाल्छु म ।

Nepal Telecom ad

डिल्लीप्रसाद मूलतिहुन :

बूढापाकाहरूलाई बाँचे भत्ता दिलाउँछु
स्वर्गबासी हुँदा भ्याए घाटमा भेट्न आउँछु ।४०६

भोकाका बासमा पुग्दा भोकै बस्न सिकाउँछु
नाङ्गा मान्छेहरू देखे आफै सिकेर आउँछु । (४०७)

बेरोजगारका निम्ति जुक्ति यस्तो लगाउँछु
राजनीति पढाएर ढुङ्गा हान्न सिकाउँछु ।४०८

तारतम्य सबै गर्छु सिङ्गो पार्टी फुटाउने
राज्यको ढुकुटी दाउ छोप्ने लुट्ने लुटाउने ।४०९

रोजगारी दिने भन्दै दलभित्र छिराउँछु
आश्वासन पढाएर झोला बोक्ने बनाउँछु ।४१०

आफ्ना स्वार्थहरू आत्मा भित्र बोकेर आउँछु
तिनै स्वार्थ पूरा गर्न बाङ्गो बाटो समाउँछु ।४११

आँटेको नभएसम्म गोडामा तेल लाउँछु
काम बान्ने भए सोझा पासोमा पार्न भ्याउँछु ।४१२

भेट्टाए स्वादिलो चाख्छु तीतो टर्‍रो चखाउँछु
मेरो जिब्रो सधैं मैले अमृतमा डुबाउँछु ।४१३

लाद्रो भर्न मिले फेरि दिनेको गीत गाउँछु
भुँडी रित्तो हुँदाखेरी बिरालो हुन भ्याउँछु ।४१४

चढ्ने बेला हुँदा सिँढी गरीबी दूर गर्छु म
टाकुरोमा पुगे आँखा नराम्रोसँग तर्छु म ।४१५

सधैँ चुनावका बेला बुट्टे रुमाल ल्याउँछु
चटाइ गुलियो बस्तु मोहनी म लगाउँछु ।४१६

धरोधर्म जितेदेखि अनेकौं काम गर्छु म
आऊ खाऊ तिमीलाई चारो ल्याएर छर्छु म ।४१७

चारो खाएर लट्ट्याई स्वार्थको थाल थाप्छु म
थाल भर्ने हुँदा चाह नानाथरी अलाप्छु म ।४१८

हो झैँ लाग्ने कथा आफैँ कल्पना गर्न थाल्छु म
तिनै कथा सबैसामु लगेर छर्न थाल्छु म ।४१९

कथाबाटै सबैलाई विश्वासभित्र पार्नु छ
मैले यही कथाबाट जिन्दगानी सपार्नु छ ।४२०
क्रमशः

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कति मर्नु ?

कति मर्नु ?

डिल्लीप्रसाद मूलतिहुन
जान्दछौँ

जान्दछौँ

डिल्लीप्रसाद मूलतिहुन
राम्रो पाठशाला

राम्रो पाठशाला

डिल्लीप्रसाद मूलतिहुन
देउ पैसा

देउ पैसा

डिल्लीप्रसाद मूलतिहुन
देख्छस् डिल्ली तँ (२)

देख्छस् डिल्ली तँ (२)

डिल्लीप्रसाद मूलतिहुन
देख्छस् डिल्ली तँ

देख्छस् डिल्ली तँ

डिल्लीप्रसाद मूलतिहुन
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x