साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आह्वान !

कयौँ बेचिए जन्मकै भूमिबाट । कयौँ हेपिए राजका काजबाट ॥ बसेनन् युवा रित्तियो देश आज । गए उद्यमी छैन क्यै कामकाज ॥

Nepal Telecom ad

बद्रीप्रसाद दाहाल :

जराजीर्ण — बासी, भनौँ मित्र काशी !!
पुराना— कबाडी, हुुँदै हुन्न खासी ॥
परीक्षा भए जो यहाँ आजसम्म ।
उडन्ते—घुमन्ते, नहुन् फेरि जन्म ॥ १ ॥

नयाँ फूल फुल्दै, धरा मग्मगाऊन् ।
पुराना र अल्छी, किनारा लगाऊन् ॥
कुनै ‘दक्ष माली’ बगैँचा उघारून् ।
महा—मूल्यका ‘भोट’ हाम्रा सपारून् ॥ २ ॥

सदा दास बन्दै, नफेरेर स्वामी ।
महा भूलले बिग्रियो आनिबानी ॥
घटे काण्डका काण्ड चर्का र तल्ला ।
अघोरी र घोरी बनेछन् उपल्ला ॥३॥

उठौँ चेतनामा नलाएर बिर्को ।
झझन् झन् हुँदैछौँ हदैसम्म रित्तो ॥
चढे लाखका सापटी टाउकामा ।
सबै कोश छन् केतुु औ राहुकामा ॥ ४॥

कयौँ बेचिए जन्मकै भूमिबाट ।
कयौँ हेपिए राजका काजबाट ॥
बसेनन् युवा रित्तियो देश आज ।
गए उद्यमी छैन क्यै कामकाज ॥ ५॥

हदैसम्म चर्क्याे लुटानी ठुलाको ।
भयो बेसहारा लुला लङ्गडाको ॥
रहे टन्न बुुङ्गा धुतुुङ्गा र नाङ्गा ।
यहाँ कृष्ण ल्याऔँ गरी शान्त दङ्गा ॥ ६॥

०००
धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
देश ?

देश ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
नाैलाे युग, अभिनव वहार ? 

नाैलाे युग, अभिनव वहार...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जिन्दावाद र मुर्दावादको चक्रव्यूह !

जिन्दावाद र मुर्दावादको चक्रव्यूह...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय- बोली, बन्न सक्दैन गोली !

जय- बोली, बन्न सक्दैन...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
बिदा र हल्लाको देश !

बिदा र हल्लाको देश...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x