बद्रीप्रसाद दाहाल ‘भस्मासुर’आह्वान !
कयौँ बेचिए जन्मकै भूमिबाट । कयौँ हेपिए राजका काजबाट ॥ बसेनन् युवा रित्तियो देश आज । गए उद्यमी छैन क्यै कामकाज ॥

बद्रीप्रसाद दाहाल :
जराजीर्ण — बासी, भनौँ मित्र काशी !!
पुराना— कबाडी, हुुँदै हुन्न खासी ॥
परीक्षा भए जो यहाँ आजसम्म ।
उडन्ते—घुमन्ते, नहुन् फेरि जन्म ॥ १ ॥
नयाँ फूल फुल्दै, धरा मग्मगाऊन् ।
पुराना र अल्छी, किनारा लगाऊन् ॥
कुनै ‘दक्ष माली’ बगैँचा उघारून् ।
महा—मूल्यका ‘भोट’ हाम्रा सपारून् ॥ २ ॥
सदा दास बन्दै, नफेरेर स्वामी ।
महा भूलले बिग्रियो आनिबानी ॥
घटे काण्डका काण्ड चर्का र तल्ला ।
अघोरी र घोरी बनेछन् उपल्ला ॥३॥
उठौँ चेतनामा नलाएर बिर्को ।
झझन् झन् हुँदैछौँ हदैसम्म रित्तो ॥
चढे लाखका सापटी टाउकामा ।
सबै कोश छन् केतुु औ राहुकामा ॥ ४॥
कयौँ बेचिए जन्मकै भूमिबाट ।
कयौँ हेपिए राजका काजबाट ॥
बसेनन् युवा रित्तियो देश आज ।
गए उद्यमी छैन क्यै कामकाज ॥ ५॥
हदैसम्म चर्क्याे लुटानी ठुलाको ।
भयो बेसहारा लुला लङ्गडाको ॥
रहे टन्न बुुङ्गा धुतुुङ्गा र नाङ्गा ।
यहाँ कृष्ण ल्याऔँ गरी शान्त दङ्गा ॥ ६॥
०००
धादिङ
Subscribe
Login
0 Comments
Oldest






































