साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सुनचरी

पालौ दूध, दही दिई सब जना यी नाग वा नागिनी । ओथारो किन बस्छ हीन मतिले त्यो प्रेत वा डाकिनी ॥ खोजी ज्ञान पसे सबै घर डुली पोतेर कालो मसी । काली यी वनकी चरी सुनचरी बस्थी कमेरो घसी ॥

Nepal Telecom ad

हेमराज पन्त :

जीरा, नून र तेल अन्य मसला छोपेर फिर्ता गर ।
सुक्का मोह गरेर कालकुटले भण्डार आफ्नो भर ॥
तिम्रो चेत बिषाक्त भो वचनले भान्सा बिराली पसी ।
काली यी वनकी चरी सुनचरी बस्थी कमेरो घसी ॥ १

ताजा आँसु छ नेत्रमा हरघडी उम्ली रहेको छ यो ।
सोचे के अब भोग्छु के बुझ तिमी केके गयो के गयो ॥
गर्छौ काम कुरा अनेक थरिका विश्वास सारा कसी ।
काली यी वनकी चरी सुनचरी बस्थी कमेरो घसी ॥ २

भोको पेट अनाज भेट नहुँदा पस्थ्यौ तिमी कन्दनी ।
हुक्के जागिरको छ सोम रस जो फन्केर नाँच्यौ तिमी ॥
नाङ्गो आङ हुँदा र द्रव्य नहुँदा ती आँसु बग्थे खसी ।
काली यी वनकी चरी सुनचरी बस्थी कमेरो घसी ॥ ३

आशा गर्दछ जो अभाव चुलिँदा वा अन्न हुन्थ्यो कमी ।
बग्थे कल्कल सिन्धुमा म खहरे वात्सल्य माया जमी ॥
स्वार्थी देख्छु समाज,देश,दुनियाँ विश्वास छिन्ने रसी ।
काली यी वनकी चरी सुनचरी बस्थी कमेरो घसी ॥ ४

कस्तो हाल थियो बुझी विगतको माया अँगाले भरी ।
भेडाको छ बथान बस्छ निमुखो पासो परेकी चरी ॥
देखे नागिनको कला,चतुरता संस्कार चोखो डसी ।
काली यी वनकी चरी सुनचरी बस्थी कमेरो घसी ॥ ५

छाँयातुल्य रहेछ जीवन बुझे बुझ्दा झसङ्गै परे ।
सोचे त्यो परिवार धार खुकुरी अर्को तलामा सरे ॥
अर्ती दिन्छ सदैव मानव उहीँ कालो गुफामा बसी ।
काली यी वनकी चरी सुनचरी बस्थी कमेरो घसी ॥ ६

पालौ दूध, दही दिई सब जना यी नाग वा नागिनी ।
ओथारो किन बस्छ हीन मतिले त्यो प्रेत वा डाकिनी ॥
खोजी ज्ञान पसे सबै घर डुली पोतेर कालो मसी ।
काली यी वनकी चरी सुनचरी बस्थी कमेरो घसी ॥ ७

०००
पाटन २ सिलङ्गा, बैतडी
हालः-पहलमानपुर, कैलाली

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जुकेबल

जुकेबल

हेमराज पन्त
सम्मानवाल

सम्मानवाल

हेमराज पन्त
सर्वज्ञानी

सर्वज्ञानी

हेमराज पन्त
कविको गुनासो

कविको गुनासो

हेमराज पन्त
नव दास

नव दास

हेमराज पन्त
संघीयता

संघीयता

हेमराज पन्त
देश बन्ने भयो

देश बन्ने भयो

रमेश खकुरेल
नयाँ जोगी र नयाँ पाठ

नयाँ जोगी र नयाँ...

तेजविलास अधिकारी
सुशासन र जुत्ता

सुशासन र जुत्ता

हरि कोर्काली
हाँसो !

हाँसो !

हाेमनाथ घिमिरे
0
Would love your thoughts, please comment.x
()
x