गाेपेन्द्रप्रसाद रिजालम जान्दछु
घोडा, गधा दुवै होइन, तिमी खच्चड हौ बुझ हेर्दा आकृत्ति मान्छेको, बुख्याँचा तिमी हौ बुझ ढिकुटी खाली भो हाम्रो, मुसा तिमी म ठान्दछु ताक्ला तालुतिरै ताकी, फित्कौलीले म हान्दछु ।

गोपेन्द्रप्रसाद रिजाल :
चुँड, लुछ, जति सक्छौ, ब्वाँसो तिमी म ठान्दछु
कोलमा पेल बेस्सरी, पिना हुन म जान्दछु
सुत्ला मै च्यात लौ खोस्टा, बाँदर तिमी ठान्दछु
तिम्रै ज्यादतिले मर्दा, सीनो हुन म जान्दछु ।
खाउ सुन निल स्वाट्टै, जाँते तिम्रो गतिलो छ
खाउ विमानको पङ्खा, अपानवायु उड्दछ
वालुवाटार खाउ लौ, अमिन तिमी ठान्दछु
टाउकामा पलाएको, टुप्पी तान्न म जान्दछु ।
पेट दमाहा नै भो लौ, गजोले ठोक ड्याङ्ग ड्याङ्ग
फोक्सो कलेजो कुहिए, तिमी नै बन ल्याङ्गफ्याङ्ग
देखाउ मादले पारा, टेढो आँगन देख्दछु
तिम्रो बाँदरे पारामा, कविता म यो लेख्दछु ।
रेलमा तेल हाल या, कोइाला खाँद बेस्सरी
ग्याँस पाइपमा छाड, भटमास खाइ बेस्सरी
बनाउ कौवाको टौवा, काँ काँ गर उतै बसी
पाँच वर्षे भयौ बच्चा, बोकौँला काँधमा कसी ।
घोडा, गधा दुवै होइन, तिमी खच्चड हौ बुझ
हेर्दा आकृत्ति मान्छेको, बुख्याँचा तिमी हौ बुझ
ढिकुटी खाली भो हाम्रो, मुसा तिमी म ठान्दछु
ताक्ला तालुतिरै ताकी, फित्कौलीले म हान्दछु ।
०००
मैतीदेवी, काठमाडौं








































समसामयिक व्यङ कविता हजुर ! जय होस् 🙏