साइबर अपराध सम्बन्धी सचेतना सामग्री

म जान्दछु

घोडा, गधा दुवै होइन, तिमी खच्चड हौ बुझ हेर्दा आकृत्ति मान्छेको, बुख्याँचा तिमी हौ बुझ ढिकुटी खाली भो हाम्रो, मुसा तिमी म ठान्दछु ताक्ला तालुतिरै ताकी, फित्कौलीले म हान्दछु ।

Nepal Telecom ad

गोपेन्द्रप्रसाद रिजाल :

चुँड, लुछ, जति सक्छौ, ब्वाँसो तिमी म ठान्दछु
कोलमा पेल बेस्सरी, पिना हुन म जान्दछु
सुत्ला मै च्यात लौ खोस्टा, बाँदर तिमी ठान्दछु
तिम्रै ज्यादतिले मर्दा, सीनो हुन म जान्दछु ।

खाउ सुन निल स्वाट्टै, जाँते तिम्रो गतिलो छ
खाउ विमानको पङ्खा, अपानवायु उड्दछ
वालुवाटार खाउ लौ, अमिन तिमी ठान्दछु
टाउकामा पलाएको, टुप्पी तान्न म जान्दछु ।

पेट दमाहा नै भो लौ, गजोले ठोक ड्याङ्ग ड्याङ्ग
फोक्सो कलेजो कुहिए, तिमी नै बन ल्याङ्गफ्याङ्ग
देखाउ मादले पारा, टेढो आँगन देख्दछु
तिम्रो बाँदरे पारामा, कविता म यो लेख्दछु ।

रेलमा तेल हाल या, कोइाला खाँद बेस्सरी
ग्याँस पाइपमा छाड, भटमास खाइ बेस्सरी
बनाउ कौवाको टौवा, काँ काँ गर उतै बसी
पाँच वर्षे भयौ बच्चा, बोकौँला काँधमा कसी ।

घोडा, गधा दुवै होइन, तिमी खच्चड हौ बुझ
हेर्दा आकृत्ति मान्छेको, बुख्याँचा तिमी हौ बुझ
ढिकुटी खाली भो हाम्रो, मुसा तिमी म ठान्दछु
ताक्ला तालुतिरै ताकी, फित्कौलीले म हान्दछु ।

०००
मैतीदेवी, काठमाडौं

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
kumar khadka
kumar khadka
1 year ago

समसामयिक व्यङ कविता हजुर ! जय होस् 🙏

Nepal Telecom ad
कालो कोट

कालो कोट

गाेपेन्द्रप्रसाद रिजाल
चटनी

चटनी

गाेपेन्द्रप्रसाद रिजाल
स्वार्थ

स्वार्थ

गाेपेन्द्रप्रसाद रिजाल
फुलमन्त्रीले रक्सी छाड्यो रे…

फुलमन्त्रीले रक्सी छाड्यो रे…

गाेपेन्द्रप्रसाद रिजाल
पुरोहित बाको टुपी

पुरोहित बाको टुपी

गाेपेन्द्रप्रसाद रिजाल
खुकुरीः अहिंसा र टोपी

खुकुरीः अहिंसा र टोपी

गाेपेन्द्रप्रसाद रिजाल
आमा…

आमा…

डा. रमेश शुभेच्छु
आमा

आमा

प्रल्हाद पोखरेल
कस्तो मायाँ लाग्छ, आमा

कस्तो मायाँ लाग्छ, आमा

बिनुबाबा घिमिरे
सम्भावना

सम्भावना

डा. लोकेन्द्रप्रसाद पौड्याल
शीतल जल र तातो खुराक

शीतल जल र तातो...

डा. पशुपति फुयाल
1
0
Would love your thoughts, please comment.x
()
x