साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हजुरले त कमाल गर्नु भयो

कतिपटक मालदार अड्डाको हाकिम हुनु भयो ? कतिवटा सहकारी ठग्नु भयो ? कति जनालाई शरणार्थी बनाएर विदेश बेच्नु भयो ? कति सरकारी जग्गा लुट्नु भयो ? कति कुइन्टल सुन भित्र्याउनु भयो ?

Nepal Telecom ad

सुभाषचन्द्र देवकोटा :

हजुरले त दरबारै बनाउनु भएछ !
गाडी पनि दामी, दामी किन्नु भएछ !
घडेरी पनि थुप्रै जोड्नु भयो रे !
व्यपारीलाई पार्टनर बनाउनु भएछ !
आफन्तको नाममा बैङ्क ब्यालेन्स भर्नु भएछ !
समृद्धिको मूल फुटाउनु भएछ !

भन्नुस् त हजुर !
कति पटक संसद बन्नु भयो ?
कति पटक मन्त्री बन्नु भयो ?
कतिपटक मालदार अड्डाको हाकिम हुनु भयो ?
कतिवटा सहकारी ठग्नु भयो ?
कति जनालाई शरणार्थी बनाएर विदेश बेच्नु भयो ?
कति सरकारी जग्गा लुट्नु भयो ?
कति कुइन्टल सुन भित्र्याउनु भयो ?

समृद्धिको मूल राम्रै फुटाउनु भएछ !
आफ्नै घर परिवारको चोटा चोटामा पुर्‍याउनु भएछ ।
हजुरले त कमाल गर्नु भएछ ।

०००
गोरखा, हाल काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मनको लड्डु …

मनको लड्डु …

सुभाषचन्द्र देवकाेटा
निरोको शहर…

निरोको शहर…

सुभाषचन्द्र देवकाेटा
म हार्न तयार छु

म हार्न तयार छु

सुभाषचन्द्र देवकाेटा
जय नेपाली क्रान्ति !

जय नेपाली क्रान्ति !

सुभाषचन्द्र देवकाेटा
राजनीतिका बनियाँ

राजनीतिका बनियाँ

सुभाषचन्द्र देवकाेटा
भन्… नयाँ वर्ष त किन आइस् ?

भन्… नयाँ वर्ष त...

सुभाषचन्द्र देवकाेटा
बोक्सीका ताजा बात- ९

बोक्सीका ताजा बात- ९

गायत्री परिरोशनी
माटोबाट पलाएर माटोमै

माटोबाट पलाएर माटोमै

अनिता काेइराला
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x