साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पार्टीमय मुटु

सादा अक्षर घोल्छु छन्द-रङमा जो शारदाले दिए नाङ्गाले पनि लाउलान् कि तनमा जो वस्त्र मैले सिएँ पाना राष्ट्र-किताबभित्र कति छन् गन्दैन कोही पनि पार्टी होइन देश बोक्छु मुटुमा भन्दैन कोही पनि

Nepal Telecom ad

हिरा भट्ट :

एमाले हुँ भनी विशाल बमझैँ पड्क्यो यता एउटा
काङ्ग्रेसी म भनेर गड्गड गरी गड्केछ अर्को उता
माओवाद र रास्वपा मुखसँगै छन् राप्रपा घन्घनी
पार्टी होइन देश बोक्छु मुटुमा भन्दैन कोही पनि
|१|

जिब्रा दाँत विकासका बिगुलका बिक्छन् सुरा मासुमा
पौडी खेल्न धकेलिए गरिबका आँखा सधैँ आँसुमा
बाँझो बस्छ विकासखेत जहिल्यै खन्दैन कोही पनि
पार्टी होइन देश बोक्छु मुटुमा भन्दैन कोही पनि
|२|

आआफ्नो दलको भए रसभरी जेरी बने गोबर
अर्काको दलको भए रसभरी जेरी बने गोबर
बोलीमा सतिसालतुल्य बलियो बन्दैन कोही पनि
पार्टी होइन देश बोक्छु मुटुमा भन्दैन कोही पनि
|३|

साथी लाउनुहुन्न तुच्छ पिरती काली निराशासित
सालीतुल्य सधैँ सधैँ बढिरहोस् सत्प्रेम आशासित
हाँसून् नित्य निराश अक्षरहरू हाँसोस् मसी लेखनी
पार्टी होइन देश बोक्छु मुटुमा भन्दैन कोही पनि
|४|

सादा अक्षर घोल्छु छन्द-रङमा जो शारदाले दिए
नाङ्गाले पनि लाउलान् कि तनमा जो वस्त्र मैले सिएँ
पाना राष्ट्र-किताबभित्र कति छन् गन्दैन कोही पनि
पार्टी होइन देश बोक्छु मुटुमा भन्दैन कोही पनि
|५|

०००
कैलाली

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भर्चुअल बाढी

भर्चुअल बाढी

नन्दलाल आचार्य
सिंहदरबारको ढोका

सिंहदरबारको ढोका

लक्ष्मी रिजाल
म प्राज्ञ

म प्राज्ञ

बिन्दु दहाल ‘मूकदर्शक’
धोती समा बाउरे

धोती समा बाउरे

बालकृष्ण खनाल
तन्नेरी मुुखुुण्डो

तन्नेरी मुुखुुण्डो

डा. लोकेन्द्रप्रसाद पौड्याल
0
Would love your thoughts, please comment.x
()
x