साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बिदा ठोक्छ

सरकारलाई थाहा छ फिल्म हलमा फिल्म हेर्न मान्छे छैनन् उसले सबैलाई हलमा पठाउँछ लगानी उठाउँछ सरकारले आफूलाई फिल्ममा भेट्छ । त्यही भएर उसले लगानी उठाउन असमयमा बिदा ठोक्छ ।

Nepal Telecom ad

भोलानाथ सुवेदी :

बाढी जान्छ
पहिरो जान्छ
आगोलागी हुन्छ
सधैँ भइरहन्छ
न सरकारले रोक्न सक्छ
न सरकारले छेक्न सक्छ
सरकारलाई बाढीले बगायो भने
सरकारलाई पहिरोले लग्यो भने
त्यसको क्षतिपूर्ति कसले तिर्छ
त्यही भएर सरकार
रमिते बन्छ
हात बाँधेर बस्छ
कसैले सरकार निदायो भने
कसैले सरकार डरायो भने
सरकारलाई पनि त अल्छी लाग्छ
कहिले जिउ कन्याउँछ
कहिले हात खुट्टा तन्काउँछ
घाम झ्यालबाट छिरेपछि
सरकार उठ्छ कफी पिउँछ
सल्लाहकार जम्मा गर्छ
अनि मात्र बिदा ठोक्छ ।
सरकारलाई थाहा छ
फिल्म हलमा फिल्म हेर्न मान्छे छैनन्
उसले सबैलाई हलमा पठाउँछ
लगानी उठाउँछ
सरकारले आफूलाई फिल्ममा भेट्छ ।
त्यही भएर उसले
लगानी उठाउन
असमयमा बिदा ठोक्छ ।

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सापटीले पार्छ आपत्ति

सापटीले पार्छ आपत्ति

भोलानाथ सुबेदी
सबैजना आओ

सबैजना आओ

भोलानाथ सुबेदी
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
बजार कसकाे ?

बजार कसकाे ?

भोलानाथ सुबेदी
आधाले बाधा

आधाले बाधा

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x