साइबर अपराध सम्बन्धी सचेतना सामग्री

टुक्रे दनक

गतिछाडाहरूको आइपिओमा म पनि शेयर हाल्दैछु न अल्मल्याओ है छौँडाछौँडी हो मलाई फुर्सद छैन, म त बाध्यताले लोकतन्त्रको खोरमा नकचराहरू पाल्दैछु ।

Nepal Telecom ad

भाेजराज रेग्मी मुखाले :

वरपीपलको रूख मासेर शालिक बनाउँछौ
आफ्नै जरो काट्नेलाई मालिक बनाउँछौ
तिम्रो घिचाइ देखेर गिद्ध पनि छक्क पर्छ गाँठे !
बीउको बोकोले पनि नाक थुन्ने गरी कत्ती गनाउँछौ ? :
*
ओई काठमाण्डु ! खोइ काठ्माण्डु ?
ब्वाइफ्रेण्ड काठमाण्डु , पोइ काठमाण्डु
खोज्न जाने माछा अनि मणि पनि पाइन्छ
गर्लफ्रेण्ड काठमाण्डु , जोई काठमाण्डु ।
*

मनमा कताकती टाँसिएका लाजशरम खुर्केर फाल्दैछु
गतिछाडाहरूको आइपिओमा म पनि शेयर हाल्दैछु
न अल्मल्याओ है छौँडाछौँडी हो मलाई फुर्सद छैन,
म त बाध्यताले लोकतन्त्रको खोरमा नकचराहरू पाल्दैछु ।
*
चुकुल बिग्य्रा चर्पीभित्र सुसेल्दासुसेल्दै गायक भइएछ
टिकटकमा नखरा पार्दापार्दै नायक भइएछ
गर्नै नहुने काम गर्दागर्दै राष्ट्रिय डन घोषित भएपछि
महापुरुषहरूले मनपराउने लायक भइएछ ।
*

०००
भक्तपुर

Subscribe
Notify of
guest

2 Comments
Oldest
Newest Most Voted
Ishwor Pokharel
Ishwor Pokharel
1 year ago

गज्जब! गज्जब!!

नरेन्द्र
नरेन्द्र
1 year ago

मज्जैले नाप्या कुरो गरो मुखाले भाइले

Nepal Telecom ad
सेकेण्ड ह्याण्ड

सेकेण्ड ह्याण्ड

भोजराज रेग्मी ‘मुखाले’
प्रोफेसर भाइरल

प्रोफेसर भाइरल

भोजराज रेग्मी ‘मुखाले’
भुक्तमान नेपाली

भुक्तमान नेपाली

भोजराज रेग्मी ‘मुखाले’
भ्यागुताको भ्यासेक्टोमी

भ्यागुताको भ्यासेक्टोमी

भोजराज रेग्मी ‘मुखाले’
चङ्खे र नक्कली

चङ्खे र नक्कली

भोजराज रेग्मी ‘मुखाले’
पाँच थप्पड

पाँच थप्पड

भोजराज रेग्मी ‘मुखाले’
सरकारमा उजुरी

सरकारमा उजुरी

सूर्य चापागाईं
हबिगत

हबिगत

ईश्वर पाेखरेल
दुष्ट गाथा

दुष्ट गाथा

श्यामल अधिकारी
हैनन् नयाँ यी पनि

हैनन् नयाँ यी पनि

बालकृष्ण खनाल
स्वागत तालिले गरौँ

स्वागत तालिले गरौँ

रामप्रसाद अर्याल ‘अविराम’
2
0
Would love your thoughts, please comment.x
()
x