साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ए काका

आफ्ना भाइ र बन्धुबान्धव गए कालो छिँडी धाउँछन् काकीका ससुरा मुसुक्क मुरली बोकेर मुस्काउँछन् । नाच्ने नर्तकका रनन्न घुँघुरा काका र काकी घुमुन् फन्का गन्थनका भिरेर पटुकी सन्झ्यालभित्रै झुमुन् ॥

Nepal Telecom ad

जीवनाथ अधिकारी :

ए काका किन काट्तछौ भतिजका चिप्ला र बाङ्गा कुरा
तिम्रा बात चिराचिरा सकलका हृद्मा घुसेको छुरा ।
भत्केको छ निदाल छानु घरको दाँती उडायो कता
खिल्ली ख्याल उडाउँछौ चमरझैँ हाँसेर निर्लिप्तता ।।१॥

रातारात चपाउँछौ मृदुलता ढुङ्गा र माटो सब
टोक्छौ हाड कडक्क दन्त दुइटा जोडेर झन् दुर्लभ ।
काकी लाउँदछिन् मुहार ललिता सौन्दर्यको लालिमा
नाच्छौ चाँप बजाउँदै सडकमा दुर्भाग्यका पालिमा ॥ २ ॥

काका धेर भए झिना र मसिना सानाठुला झुन्ड छन्
खैनी च्याप्न सिपालु दन्त लहरी जम्दो गुदी कुण्ड छन् ।
काकीका गहना जुहार महँगा सौन्दर्य झल्काउँछन्
भ्रष्टाचार सुदूर हुन्छ बलियो औदार्य छल्काउँछन् ॥३॥

छायाभित्र रमाउँछौ सघनता औचित्य संशोधन
तिम्रो पार्थिव भावगुच्छ सुनको उच्छिष्ट हो भोजन ।
काण्डैकाण्ड प्रकाण्ड शम्भुशिरझैँ थाप्छौ जटा केशरी
काका मस्त निदाउँछौ अलकमा आँखा चनाखा गरी ॥ ४ ॥

आफ्ना भाइ र बन्धुबान्धव गए कालो छिँडी धाउँछन्
काकीका ससुरा मुसुक्क मुरली बोकेर मुस्काउँछन् ।
नाच्ने नर्तकका रनन्न घुँघुरा काका र काकी घुमुन्
फन्का गन्थनका भिरेर पटुकी सन्झ्यालभित्रै झुमुन् ॥ ५ ॥

०००
२०८१।०८।२२
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाका सारद हुन्

पाका सारद हुन्

जीवनाथ अधिकारी
मालामाल कमाल

मालामाल कमाल

जीवनाथ अधिकारी
थुक्क मान्छे ! तँ मर्छस्

थुक्क मान्छे ! तँ...

जीवनाथ अधिकारी
सन्तोष /असन्तोष

सन्तोष /असन्तोष

जीवनाथ अधिकारी
बुबा

बुबा

विदुर अधिकारी
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
सत्ता समात्ने भए

सत्ता समात्ने भए

माधव पोखरेल गोज्याङ्ग्रे
लौ न ए आई

लौ न ए आई

रामकृष्ण ढकाल
नेपाली

नेपाली

ईश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x