साइबर अपराध सम्बन्धी सचेतना सामग्री

प्राज्ञ हुने धोको अधुराे हुने भाे

जे जे माग्च ठुला घर्ले सालीसँगै माग्नू सालीलाई सिक्रेटरी राख्ने भए राख्नू सिफारिस अर्नलाई चारो केही छर लौन मेरा चम्चे भाइ यति काम गर ।।

Nepal Telecom ad

हाेम सुवेदी :

साथीहोरु आज यौटा नयाँ कुरा भन्चु
कतिओटा पर्तिस्टान् चन् औँला भाँची गन्चु ।।
सानातिना पर्तिस्टानको कुरा अर्नु चैन
साँचो कुरा अरेको हो मैले ढाँट्या ऐन ।।

कुनै पर्तिस्टान्को लौन छुन पाऊँ भित्तो
यति धेरै पर्तिस्टान् चन् म भने छु रित्तो ।।
यौटा ठुलो पर्तिस्टान् च कमलादी नेरि
बस्न पाउँचन् प्राज्ञहोरु कुर्सी फेरी फेरी ।।

म जस्ताको पिताम चैन कुरा कस्ले सुन्थो
त्यसभित्रको कुर्सीमाथि बस्न पाए हुन्थो ।।
तिमी भन्दा ठुलालाई केही चारो छर्देऊ
लौ न झोले चम्चेहोरु सिफारिस गर्देऊ ।।

त्यति गर्द्यौ भने हेर तम्रो गुन गाउँला
तलबसलब केके पाउँचु आधी आधी खाउँला ।
घरघर सिफारिसको कति गर्नु डानस
जातिपट्टि बाहुन परेँ छैन मेरो चानस ।
जरुरत पर्यो भने केही चारो छर
मेरो प्यारो लम्पट् चम्चे यति काम गर ।।

उल्टोपाल्टो पार्दै केही गजल् सजल् चोर्चे
हेर्दा राम्री मेरी साली राम्रा गजल् कोर्चे
जता लग्यो उतैतिर सटासटी हिन्चे
माग्यो भने उस्ले आफ्ना सारा कुरा दिन्चे ।।

उस्का साथ तिमी पनि दारु पानी खानू
जता मन लाग्छ झोले उतै उस्लाई लानू
सालीलाई अघि लगाई सिफारिस गर
यौटी साली पेसेपसि नहुने के छ र ।।

तेसपछि ता प्राज्ञ हुने मेरो पालो आउला
बदलामा छाद्ने गरी दारु पानी खाउला ।
सँगै बसी रेस्टुराँमा दारु सारु पिउँला
दुई मैनाको तलब सबै एड्भान्समै दिउँला ।।

जे जे माग्च ठुला घर्ले सालीसँगै माग्नू
सालीलाई सिक्रेटरी राख्ने भए राख्नू
सिफारिस अर्नलाई चारो केही छर
लौन मेरा चम्चे भाइ यति काम गर ।।

०००
भद्रपुर, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x