साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गोडूँ यो मनको झार !!

कबाफको अझै अर्को रबाफ मनको घर जली भस्म भई उड्नु पर्ने हुन्छ अझै पर ! जम्मै विद्रुपका गेडा मनबाट हटी झरे म नै देवत्वको स्वर्ग म नै धरा धमाक रे !!

Nepal Telecom ad

कलानिधि दाहाल :

मलाई मनको साझा आँगनमा सधैँ सजूँ
उम्रेका झार गोडेर बाँसुरी नित्यमा बजूँ !
मन नै मनको शत्रु अर्को शत्रु कहाँ छ र
द्वेष नै पहिलो पत्रु अर्को पत्रु कहाँ छ र ??

मन घोप्टे भए ओठ कालो बन्छ शरीरको
जिउँदै छ चिता गोठ सर्प टोक्छ शरीर यो !
पत्नी देख्छ महारानी पुत्र देख्छ जुहारमा
पुत्री काँध सजाएर घरको छ अँगारमा !!

माता देवी पिता देव ओठले बर्बराउँछ
मनको झार हुर्केर झारमै लर्बराउँछ !
भट्टी जाँड सबै देख्छ अमृतका घडा ठुला
कोही असल देखेमा उफ्रन्छन् दुलही दुला !!

अझै झार बढे देख्छ स्वार्थको दरिलो घर
माकुरे छल फैलन्छ सुकेको बनी गोबर !
झरी यो ठगको छम्की स्याउ किरा सजाउँछ
मन नै दुष्ट हो आफ्नो आफैँ खिल्ली उडाउँछ !!

प्रशंसा अन्यले ह्वैन आफैँभित्र उबाउँछ
चर्का माइकमा उफ्री आफ्नै खिल्ली उडाउँछ !
नगरे पनि क्यै कार्य गरेँका गीत गाउँछ
अहङ्कार झिकी आफैँ आफूबाट बिलाउँछ !!

न गरी कर्मको खेती बाला टिप्ने भएपछि
झूठका बिरुवामाथि सत्य लिप्ने भएपछि !
जिब्रो नै तनको बन्छ महाँ शत्रु मिजासको
आफैँभित्र घृणा थुप्री हुन्छ यो अट्टहासको !!

ठगी फल्ने सबै बोट उखेलूँ सुकूँ बेसरी
अहङ्कार हुने ढालूँ मनका गजकेशरी !
अरू घोच्ने छली चोया आगो झोसी बलेपछि
सच्चा मान्छे म नै हुन्छु सफा खाल खलेपछि !!

कबाफको अझै अर्को रबाफ मनको घर
जली भस्म भई उड्नु पर्ने हुन्छ अझै पर !
जम्मै विद्रुपका गेडा मनबाट हटी झरे
म नै देवत्वको स्वर्ग म नै धरा धमाक रे !!

उम्रने झारको ब्याड सुम्पने छ पुरातन
अन्धविश्वासको पाउ फालिनु पर्छ धड्कन !
अर्को लोभ महाचोर बासबाट उता झिकूँ
नव आलोकको बस्ती शत्रु हुन्न कुनै सिकूँ !!

०००
कलेकुटी, काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कुरूप हुन्न सुन्दर !!

कुरूप हुन्न सुन्दर !!

कलानिधि दाहाल
हुर्काऊँ नवपध्दति !!

हुर्काऊँ नवपध्दति !!

कलानिधि दाहाल
जङ्गली समाज !!

जङ्गली समाज !!

कलानिधि दाहाल
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x