साइबर अपराध सम्बन्धी सचेतना सामग्री

फेरि सेतो हात्ती पाल्नु पर्छ

राजा भनेकाे राजा हो रैती भनेकाे रैती हो राजा र रैती बराबर हुने खत्तम गणतन्त्र फाल्नु पर्छ काम छैन भारी बोक्ने गधाको अब फेरि गजधम्म बस्ने र खाने पुरानै सेतो हात्ती फेरि पाल्नु पर्छ !

Nepal Telecom ad

रामदेव पाण्डे :

अलिक समय सुकला गरिबक्सेर
झसङ्ग जागिबक्सँदै छ
महाराज फेरि
सक्रिय हुन लागिबक्सँदै छ
रैतिलाई दया गरी
बक्सिसमा दिएको सत्ता
फिर्ता मागिबक्सँदै छ
खुरुक्क दिने भए देओ
होइन भने पुरानो शैली छँदैछ
हुकुम बक्सिँदै छ
मधेशमा भैँसी चराउने
जाबो यादवकाे छोरो पनि
राष्ट्र प्रमुख हुन्छ काहीँ ?
कहिले
पहाडकी अबला आइमाई
कहिले
लमजुंगे गरिब बाहुनको छोरो
यस्तालाई राष्ट्र प्रमुख बनाउने
पाँच पाँच वर्षमा फेरिनु पर्ने
काम छैन यस्तो व्यवस्थाको
अब थालनी गर्नुपर्छ
उही पुरानै अवस्थाको
राजा भनेकाे राजा हो
रैती भनेकाे रैती हो
राजा र रैती बराबर हुने
खत्तम गणतन्त्र फाल्नु पर्छ
काम छैन भारी बोक्ने गधाको
अब फेरि
गजधम्म बस्ने र खाने पुरानै
सेतो हात्ती फेरि पाल्नु पर्छ !

०००
काठमाडाैं
२०८१/११/२७

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नेताजीको जय:

नेताजीको जय:

रामदेव पाण्डे
कारण के होला ?

कारण के होला ?

रामदेव पाण्डे
प्रभु ! घोर कलियुग आयो !

प्रभु ! घोर कलियुग...

रामदेव पाण्डे
ठोक्तक कवित्त

ठोक्तक कवित्त

होम सुवेदी
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
0
Would love your thoughts, please comment.x
()
x