साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मुसा हो, होसियार !

आफ्नो भाग्य कुन कलमले लेख्यौ ? मुसा हो, किन यो दुस्वप्न देख्यौ ? नकोच बारुद आफ्नै सुरुङमा नगिँड पखेटा आफ्नै, बेहोसमा ढाडेको खेलमा नियम हाँस्दैन विषको घडाले जीवन डाक्दैन ।

Nepal Telecom ad

युगल बसेल :

मुसाहरु अचेल ठेलमेल गर्दैछन्
घरि यता घरि उता पेलापेल गर्दैछन्
कुदिनले हो कि सुदिनले कुन्नि
आफ्नै गुँडमा आगो झोस्दै छन्

मुसे नजरमा बादल लागेछ
ढाडेका नंग्रामा फुल देख्दैछ
खोइ कुन खोटले शुद्धि मेटेछ
खुनी दारालाई गुनी देख्दैछ

कुमारी मुसी चिथोरिएको बिर्से ?
गहिरो नदीमा हुल्दिएको बिर्से ?
कैयौँ मठ उजाडिएको बिर्से ?
आफ्नै इच्छा कुँजिएको बिर्से !!

मुसा हो ,ढाडेले घाँस खाँदैन
निमोठ्छ तिमीलाई नै, तीर्थ जाँदैन
लगाम भिर्दैन , कैँजा टोक्दैन
ढाडेले कहिल्यै चोला फेर्दैन
आफ्नै धुरी पोल्नेले तिमीलाई पोल्दैन ?

ढाडेको म्याउमा कुन संगीत देख्यौ ?
घन्टी घाँटीमा कस्ने ख्वाब देख्यौ ?
आफ्नो भाग्य कुन कलमले लेख्यौ ?
मुसा हो, किन यो दुस्वप्न देख्यौ ?

नकोच बारुद आफ्नै सुरुङमा
नगिँड पखेटा आफ्नै, बेहोसमा
ढाडेको खेलमा नियम हाँस्दैन
विषको घडाले जीवन डाक्दैन ।

०००
सन्धिखर्क

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
शासक सत्याग्रह

शासक सत्याग्रह

डा. विदुर चालिसे
बुबा

बुबा

विदुर अधिकारी
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
0
Would love your thoughts, please comment.x
()
x