साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हो ! म खाँटी क्वाँटी कार्यकर्ता हुँ हजुर

जताकाले गर्‍यो कानमा टनटनाटनको कुर् उतै मोडिन पुग्छन् मेरा खुर हजुर "हो ! म खाँटी क्वाँटी कार्यकर्ता हूँ हजूर" जता पायो दाम उतैको प्रवक्ता हुँ हजूर।

Nepal Telecom ad

लक्ष्मण नेवटिया :

हो ! म खाँटी क्वाँटी कार्यकर्ता हुँ हजुर
जता पायो दाम उतैको प्रवक्ता हुँ हजुर।

मेरो एउटै चाहना, फलोस्
मेरो परिवार मेरो घर,
जाने हो भने जाओस् सदस्यता
मलाई कसैको छैन डर।

भरिया हूँ बोक्छु, जता बढी पाउँछु
मलाई कस्को भर।
जता पायो टाउको छिरायो
पैसा झार्‍यो हुन्छु उसैको अनुचर।

कहिले “यसपा”मा कहिले “उसपा”मा
भर्न पाउँछु झोला जान्छु दगुरेर उस्तामा।

मेरो काम झुर मेरा कुरा पनि झुर हजुर
“हो ! म खाँटी क्वाँटी कार्यकर्ता हुँ हजुर”
जता पायो दाम उतैको प्रवक्ता हुँ हजूर।

भाषणमा मेरो क्रान्ति –
राती भट्टीमा शान्ति
पेवा होइन म कुनै वादको
नराख्नु होला भ्रान्ति।

लडाउने एक आपसमा सबैलाई
आफू डुब्ने अरूलाई पनि डुबाउने
जसले मजाले पुर्‍यायो पैसा खातामा
गीत उसैको मुटु फुकाएर गाउने।

जताकाले गर्‍यो कानमा टनटनाटनको कुर्
उतै मोडिन पुग्छन् मेरा खुर हजुर
“हो ! म खाँटी क्वाँटी कार्यकर्ता हूँ हजूर”
जता पायो दाम उतैको प्रवक्ता हुँ हजूर।

०००
विराटनगर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
म महाकाल हुँ : अनावृत्त गतिमान् !

म महाकाल हुँ :...

लक्ष्मण नेवटिया
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
पाठकको खोजीमा कविता

पाठकको खोजीमा कविता

लक्ष्मण नेवटिया
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x