साइबर अपराध सम्बन्धी सचेतना सामग्री

उसको सपना

ऊ अपर्झट ओछ्यानबाट उठ्यो। उसलाई पानीले भिजेकोमा कुनै गुनासो भएन । ऊ स्वास्नीतिर हेरेर मुसुक्क हाँस्यो र भोलिदेखि रक्सी नखाने कसम खाएर कान समाई उठबस गर्न थाल्यो।

Nepal Telecom ad

भोलानाथ सुवेदी :

ऊ चेन्नाईबाट सिलगुडीका लागि रेलमा चढ्यो । दुई महिना अगाडि टिकट काट्दा बल्ल टिकट पाएको थियो उसले । भारतीय रेलले तीन दिन लगाएर उसलाई मध्य रातमा सिलगुडी छोडिदियो । उसले त्यो रात सिलगुडीको होटलमा बितायो।

भोलिपल्ट बिहान बल्लतल्ल ऊ चन्द्रगढी आइपुग्यो । चन्द्रगढी आएपछि उसले नेपालमा पानीजहाज चलेको खबर पायो । ऊ कोशी नदीको बन्दरगाहमा पुग्यो । कोशी नदीमा ठूला ठूला पानीजहाज चलेको देखेर ऊ आश्चर्य चकित भयो। नेपालको झण्डा फराएका पानी जहाज ओहोरदोहोर गरिरहेको कारण बन्दरगाह अति व्यस्त थियो।

पानीजहाजमा बसेको दस मिनेटमा ऊ त्रिशुली नदीको बन्दरगाहमा उत्रियो । उसले त्यहाँबाट माथि हे-यो । पहाड खोपेर बनाइएको सुरुङ मार्गभित्र गाडीहरू सुलुत्त छिरेको उसले देख्यो। एकछिन आराम गरी खाजा खाएर ऊ त्यतै दौडियो । क्षणभरमै स्वयम्भू पुगेपछि उसलाई अर्कै दुनियाँमा आए जस्तो लाग्यो। काठमाडौँमा द्रुत गतिका मेट्रो रेलहरू सञ्चालन भएको देखेपछि हर्ष विभोर भयो ।
ऊ त्यहाँबाट नगरकोट जाने मेट्रोमा चढ्यो । पहिलेको जस्तो भिडभाड, गाडीको दिक्क लाग्दो हर्न, जाम केही नदेखेपछि उसले आफूलाई स्वर्गमै रहेको महसुस ग-यो ।

घरमा पाइपलाइनबाट ग्यास आउन थालेको लामो समय भएको रहेछ। सिलिन्डर साइकलमा झुन्ड्याउने र काँधमा बोकेर हिँड्ने युगको अन्त्य भएछ। बिजुलीको जस्तो प्रत्येक महिना मिटर रुजु गर्ने मान्छेले बिल थमाएर जाँदो रहेछ। सोही अनुसारको भरपाई ग्राहकले गर्नुपर्ने चलन रहेछ । उसले कोठाभित्र पसेर झोला बिसायो र ग्यास बाल्यो । ग्यास बालेपछि उसको शरीर चिसो भयो। के भयो भनेर उसले आफ्नो शरीर छामछुम पा-यो ।

उसले आफूलाई निथ्रुक्क भिजेको पायो। ऊ फरक्क पछाडि फर्कियो । उसकी स्वास्नीले बाल्टिनले पानी खन्याउँदै थिई । ऊ अपर्झट ओछ्यानबाट उठ्यो। उसलाई पानीले भिजेकोमा कुनै गुनासो भएन । ऊ स्वास्नीतिर हेरेर मुसुक्क हाँस्यो र भोलिदेखि रक्सी नखाने कसम खाएर कान समाई उठबस गर्न थाल्यो।

०००
सम्पर्क:-९८४३०५४१६१

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बैठक

बैठक

भोलानाथ सुबेदी
उहाँ कवि हुनु भो

उहाँ कवि हुनु भो

भोलानाथ सुबेदी
टाउको

टाउको

भोलानाथ सुबेदी
कर खोई ?

कर खोई ?

भोलानाथ सुबेदी
सापटीले पार्छ आपत्ति

सापटीले पार्छ आपत्ति

भोलानाथ सुबेदी
सबैजना आओ

सबैजना आओ

भोलानाथ सुबेदी
महात्म्य

महात्म्य

रामकृष्ण ढकाल
कालचक्र

कालचक्र

नन्दलाल आचार्य
ई खा ! भन्सारमा चोरेको रक्सी त पानी पो रैछ !

ई खा ! भन्सारमा...

सुरेशकुमार भट्ट
दलबहादुरको पेशा

दलबहादुरको पेशा

ठाकुरप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x