साइबर अपराध सम्बन्धी सचेतना सामग्री

के हुन लाग्यो ? बाबुराम दाइ !

अनि जनताले किन नलगाउनु कार्यकारी प्रमुखलाई मुर्दावादको नारा किन कुरा नउठाउन् नेपालीलाई नक्कली भुटानी बनाउने कुराको विपक्षमा आवाज ।

Nepal Telecom ad

तेजविलास अधिकारी :

बलियो सत्तापक्ष
कमजोर प्रतिपक्ष
गफाडी कार्यपालिका प्रमुख
लैवरी व्यवस्थापिका प्रमुख
विलम्वित न्यायाधिकारी
निदाइरहेको संसद
चापाचाप अन्तराष्ट्रिय उडान
मैनबत्ति खोजिरहेको विद्यार्थी
रमाइरहेको नयाँ मीनभवन
निकालिएका कुलमानहरू
अत्तो न पत्तोको स्वास्थ्य वीमा
यस्तै यस्तै भोगेर
कति बस्ने भन्छन् सन्तान
लौन !
के हुन लागेको हो ? बाबुराम दाइ !
तिमीले देखाएको आशा
पूरै निराशामा पुग्दा
केही उपाय छ कि !
हेलो सरकारलाई के सोध्नु !
ठेकेदार
व्यापारी
अनि
त्यही जातिका थलो
संसदमा कसरी कुरो पुऱ्याउनु ?
बरु यतैबाट
यस्तै पारामा
सोध्न मन लागेर हो
बाबुराम दाइ !
के हुन लागेको हो ?
संसदमा बोल्नुपर्ने मान्छे
संसदमा पुग्नै सक्दो रहेनछ
केही गर्ने कुलमानहरू
निकालिनु पर्ने रहेछ
थुप्रै काण्डमा मुछिएकाहरू
सलामी खाएर डुलिरहँदा
जनताले हरेश खानै पर्ने रहेछ
सुन्छु
जनताको आवाजलाई
घन्काउन पठाएका
विश्वप्रकाशहरू
सगरमाथा चढ़ने रे !
हामीलाई त चाहिएको थियो

भूतपूर्व प्रचण्डको ऊर्जा
भूतपूर्व युवा गगनको जोश
उपराष्ट्रपति नहुँदैको पासाङ्
थुप्रै राम कार्कीहरू ।
साँच्चै भन्ने हो भने
हामी हैरान छौं
वडा सरकारको प्रमुखदेखि
पालिकाको मुख्य सचिवको रवैयाबाट
यिनीहरू
प्रतिनिधि हुन् कि ! व्यवसायी ?
जवसेवक हुन् कि ! विल विन्यासकारी
चुपचाप छन्
कृष्ण पहाडीहरू
कसले पढ्ला खै
पिताम्वर शर्मा
कृष्ण खनाल
दिपेन्द्र बहादुर क्षेत्रीलाई
अलिकता
राल काढेर
नियुक्तिमा नजाने
नखाने नखुवाउने त अब
मान्छेकै कोटिमा नपर्ने भो
जनता दिन दहाडै मर्ने भो
कस्तो दिन आयो ?
बाबुराम दाइ !
उपाय केही छ कि !
स्वतन्त्र भनिएकाहरू पनि
सोचेभन्दा बढी स्वच्छन्द भए कि !
जब लालहरूमा उपसर्ग थपियो
‘द ‘के भो , के भो ?
लौन उपाय निकालौं
बाबुराम दाइ !
जनमत भन्दा बहुमत
केही होइन रहेछ
केवल
बहुमत त
मात्रै रहेछ
लुटेराहरूको खेलो
जनता रुवाउने मेलो
साँच्चै यस्तो लागेर
लेख्दैछु, भन्दैछु
उपाय खोजौँ न
बाबुराम दाइ !
सपना हो वा विपना !
प्रजातान्त्रिक समाजवाद
बहुदलीय जनवाद
एक्काइसौं शताब्दीको जनवाद
एकीकृत क्रान्ति
निरन्तर क्रान्ति
निलो क्रान्ति
यी सबै भुलाउने
जनता छकाउने
हनुमान चालिसा भएपछि
लुटेराका प्रतिनिधि
ठगका आसेपासे
नपुगेर को पुग्छन् संसदमा
नखुलेर के खुल्छन् ?
जनता मास्ने उद्योग
युवा लखेट्ने कन्सलटेन्सी
अनि
जनताले किन नलगाउनु
कार्यकारी प्रमुखलाई
मुर्दावादको नारा
किन कुरा नउठाउन्
नेपालीलाई नक्कली भुटानी बनाउने
कुराको विपक्षमा आवाज ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नयाँ जोगी र नयाँ पाठ

नयाँ जोगी र नयाँ...

तेजविलास अधिकारी
दुई ठोक्तक

दुई ठोक्तक

तेजविलास अधिकारी
एउटा निर्जीव आकृति

एउटा निर्जीव आकृति

तेजविलास अधिकारी
केही ठोक्तक

केही ठोक्तक

तेजविलास अधिकारी
भर्खर नुहाएको सहर

भर्खर नुहाएको सहर

डा. दामाेदर पुडासैनी किशाेर
किनकि, म नर्स हुँ

किनकि, म नर्स हुँ

पार्वती पुडासैनी
म को हुँ ?

म को हुँ ?

युवराज भण्डारी
उत्पात भो

उत्पात भो

हेम अधिकारी
पुनर्जन्म

पुनर्जन्म

अनिता काेइराला
0
Would love your thoughts, please comment.x
()
x