गायत्री परिरोशनीझोले माने ह्वाट ?
सगरमाथाको देश पहिरो गयो परेवाको देश उडेर गयो । वीर गोर्खालीको देश विदेशतिर बसाईँ सर्यो अब हामी एक ढिक्का भएर झोलेको देश बनाउनु पर्यो ।

गायत्री लम्साल :
आहा कमालको जिनिस झोले
गनिसाध्य छैन हजुर
कतिपटक खाइयो मिठो खोले ।
झोले भएपछि,
जसको बारेमा जे पनि बोलिन्छ ।्
देश भन्दा निकै अग्ला
फाइदाका जोखिम मस्त मोलिन्छ ॥
झोले भएपछि,
आवश्यकता अनुसार
घामलाई खाइन्छ,
रुखको शितल तापिन्छ ।
मस्तले घण्टी बजाइन्छ
अनि,
पूजा भन्ने कुरो
कहिले गाईको गरिन्छ त
कहिले दाइको गरिन्छ ॥
हामी झोलेले
सबै कुरा सजिलै पचाउँछौँ ।
नून पचाउँछौँ, सुन पचाउँछौ
लाखौँ श्रमीकहरुको खुन पचाउँछौँ ।
आफू रित्तिएर मद्दत गरेकाको
गुन पचाउँछौँ ।
यस्तो सर्वगुण सम्पन्न झोलेलाई
मानसम्मानको पदवीको
एक नम्बरमा नै राख्नुपर्छ ।
माननीय देखि
सडकबास सम्मका सबैले
मस्तले सलाम ठोक्नुपर्छ ॥
सगरमाथाको देश पहिरो गयो
परेवाको देश उडेर गयो ।
वीर गोर्खालीको देश
विदेशतिर बसाईँ सर्यो
अब हामी एक ढिक्का भएर
झोलेको देश बनाउनु पर्यो ॥
झोले बन्न मात्र सकियो भने
देखिने वस्तु मात्र होइन,
नदेखिने वस्तु समेत
सजिलै बेचिन्छ ।
रोमान्स भन्ने कुरो
देशकै अस्मितासँग गरिन्छ ॥
एक पटक सबैले
हात उठाऔँ त मान्यवर
हामी सबै को–को झोलेमा परिन्छ ?
०००
स्याङ्जा








































अति ब्याग्यत्मक मीठो कवित छ बहिनीलाई सलाम