साइबर अपराध सम्बन्धी सचेतना सामग्री

झोले माने ह्‌वाट ?

सगरमाथाको देश पहिरो गयो परेवाको देश उडेर गयो । वीर गोर्खालीको देश विदेशतिर बसाईँ सर्‍यो अब हामी एक ढिक्का भएर झोलेको देश बनाउनु पर्‍यो ।

Nepal Telecom ad

गायत्री लम्साल :

आहा कमालको जिनिस झोले
गनिसाध्य छैन हजुर
कतिपटक खाइयो मिठो खोले ।
झोले भएपछि,
जसको बारेमा जे पनि बोलिन्छ ।्‌
देश भन्दा निकै अग्ला
फाइदाका जोखिम मस्त मोलिन्छ ॥

झोले भएपछि,
आवश्यकता अनुसार
घामलाई खाइन्छ,
रुखको शितल तापिन्छ ।
मस्तले घण्टी बजाइन्छ
अनि,
पूजा भन्ने कुरो
कहिले गाईको गरिन्छ त
कहिले दाइको गरिन्छ ॥

हामी झोलेले
सबै कुरा सजिलै पचाउँछौँ ।
नून पचाउँछौँ, सुन पचाउँछौ
लाखौँ श्रमीकहरुको खुन पचाउँछौँ ।
आफू रित्तिएर मद्दत गरेकाको
गुन पचाउँछौँ ।
यस्तो सर्वगुण सम्पन्न झोलेलाई
मानसम्मानको पदवीको
एक नम्बरमा नै राख्नुपर्छ ।
माननीय देखि
सडकबास सम्मका सबैले
मस्तले सलाम ठोक्नुपर्छ ॥

सगरमाथाको देश पहिरो गयो
परेवाको देश उडेर गयो ।
वीर गोर्खालीको देश
विदेशतिर बसाईँ सर्‍यो
अब हामी एक ढिक्का भएर
झोलेको देश बनाउनु पर्‍यो ॥

झोले बन्न मात्र सकियो भने
देखिने वस्तु मात्र होइन,
नदेखिने वस्तु समेत
सजिलै बेचिन्छ ।
रोमान्स भन्ने कुरो
देशकै अस्मितासँग गरिन्छ ॥
एक पटक सबैले
हात उठाऔँ त मान्यवर
हामी सबै को–को झोलेमा परिन्छ ?

०००
स्याङ्जा

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
सीता अधिकारि
सीता अधिकारि
1 year ago

अति ब्याग्यत्मक मीठो कवित छ बहिनीलाई सलाम

Nepal Telecom ad
हाकिमको सत्ता

हाकिमको सत्ता

गायत्री परिरोशनी
नागरिक एक्सप्रेस !

नागरिक एक्सप्रेस !

गायत्री परिरोशनी
बोक्सीका ताजा बात- ९

बोक्सीका ताजा बात- ९

गायत्री परिरोशनी
दाइजात्रा !

दाइजात्रा !

गायत्री परिरोशनी
आहा हेरेको हेर्‍यै !

आहा हेरेको हेर्‍यै !

गायत्री परिरोशनी
बोक्सीका ताजा बात- ८

बोक्सीका ताजा बात- ८

गायत्री परिरोशनी
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
अलगअलग बाटो

अलगअलग बाटो

श्याम प्रधान
लुकीछिपी बोतल खोल

लुकीछिपी बोतल खोल

माधव पोखरेल गोज्याङ्ग्रे
श्रेष्ठ सर्जकहरू बन्छन् सबै ती मुला

श्रेष्ठ सर्जकहरू बन्छन् सबै...

बिन्दु दहाल ‘मूकदर्शक’
त्रिशूलीको बगरबाट

त्रिशूलीको बगरबाट

शम्भु गजुरेल
1
0
Would love your thoughts, please comment.x
()
x