साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सङ्घारे नबनेस्

कालो बस्तु बनाउँदै छ उसले सेतो र स्वच्छादित सारा मानवको चुसेर पसिना बन्दैछ आनन्दित पार्‍यो संकटमा सबै तरहले यो देश मास्दै छ रे सङ्घारे नबनेस् विकास नघिचेस् यो भ्रष्ट भन्लान् भरे ।

Nepal Telecom ad

माधव पोखरेल गोज्याङ्ग्रे :

खाए देश किरा मिलेर दशकौँ, खोक्रो भकारी भयो
ठूला डिङ् यिनका अनेक थरिका मान्छे बतासे भयो
आफ्‌नै गाउँ घुमेर भन्छ उसले यो विश्व यात्रा गरे
सङ्घारे नबनेस् विकास नघिचेस् यो भ्रष्ट भन्लान् भरे ।

भ्याकुरे गफमा छ साँझ दिनमा देखिन्छ चम्चा सरी
आफैँ ज्वाँइ बनेर घिच्छ जहिले लैजान्छ झोला भरी
वर्षाको खहरे भएर बिचरा उर्लिन्छ मौका परे
सङ्घारे नबनेस् विकास नघिचेस् यो भ्रष्ट भन्लान् भरे ।

कालो काल सरी छ गाउँ घरमा बेकार मान्छन् सबै
आफैँ शुद्ध हुँदैन जीवन भरी थुक्छन् मुखैमा सबै
अर्काको रिसमा रहेर जहिले खेदो खनेको छ रे
सङ्घारे नबनेस् विकास नघिचेस् यो भ्रष्ट भन्लान् भरे ।

हावाका गफमा छ काम उसको खोज्दैछ पैसा अति
साँवा व्याज म तिर्छु भन्छ तर ऊ बिगार्छ आफ्‌नै मति
अर्काको धनमा कुदृष्टि जहिले लाएर बस्दै छ रे
सङ्घारे नबनेस् विकास नघिचेस् यो भ्रष्ट भन्लान् भरे ।

सिंगो देश भयो बन्धक यता बेफ्‌वाँकका हाँकमा
धारे हात लगाउँदै जनहरू टाढा भए साथमा
खाल्डोको जग भ्यागुता अधिनमा ट्वाट्वा करायो अरे
सङ्घारे नबनेस् विकास नघिचेस् यो भ्रष्ट भन्लान् भरे ।

भ्रष्टाचार गरेर भोक छ अझैँ रित्तो भकारी सधैँ
पुस्तौसम्म रहन्छ नाम उसको हो भ्रष्ट भन्छन् सबै
काट्यो नाक समाज देश भरिमा ठूलो उही भो भरे
सङ्घारे नबनेस् विकास नघिचेस् यो भ्रष्ट भन्लान् भरे ।

कालो बस्तु बनाउँदै छ उसले सेतो र स्वच्छादित
सारा मानवको चुसेर पसिना बन्दैछ आनन्दित
पार्‍यो संकटमा सबै तरहले यो देश मास्दै छ रे
सङ्घारे नबनेस् विकास नघिचेस् यो भ्रष्ट भन्लान् भरे ।

०००
उदयपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
खोसेर खाँदै छ जो

खोसेर खाँदै छ जो

माधव पोखरेल गोज्याङ्ग्रे
भू-शासन

भू-शासन

माधव पोखरेल गोज्याङ्ग्रे
लुट्यो डोजरले

लुट्यो डोजरले

माधव पोखरेल गोज्याङ्ग्रे
सुकिला अतिथि

सुकिला अतिथि

माधव पोखरेल गोज्याङ्ग्रे
भेडा दिवस

भेडा दिवस

माधव पोखरेल गोज्याङ्ग्रे
राष्ट्रिय पिण्ड दिवस

राष्ट्रिय पिण्ड दिवस

माधव पोखरेल गोज्याङ्ग्रे
उत्खनन

उत्खनन

सरूभक्त
नागरिक एक्सप्रेस !

नागरिक एक्सप्रेस !

गायत्री परिरोशनी
सबैजना आओ

सबैजना आओ

भोलानाथ सुबेदी
तस्बिरको राजा

तस्बिरको राजा

कृष्णभक्त श्रेष्ठ
फेरि एउटा लाेककथा

फेरि एउटा लाेककथा

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x